सेती नदीमा नुहाउने क्रममा एक युवक बेपत्ता

८ बैशाख, डोटी । डोटीमा एक युवक सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय, डोटीले दिएकाे जानकारी अनुसार जिल्लाकाे दिपायल सिलगढी नगरपालिका-५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बैतडीकाे दशरथचन्द नगरपालिका-२ देहीमाण्डौंका करिब २२ वर्षीय दिपक बाेहरा बेपत्ता भएका हुन् ।

Sayalb

सिएबि दुनिला क्रसर कम्पनीमा कार्यरत बोहरा आज दिउँसो करिब १ः५० बजेको समयमा बेपत्ता हुनुभएको हो । बोहराको नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले खोजि कार्य गरिरहेको प्रहरीले जानकारी दिएको छ ।

Shaileshwori
Loading...