

१४ माघ, डोटी । नेपाली कांग्रेसबाट डोटी निर्वाचन क्षेत्रका उम्मेदवार भरतवहादुर खड्काले राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साह (बालेन) लाई हैसियत भए आफुसंग बसह गर्न चुनौती दिएका छन् ।
‘महानगरपालिकाको वजेट ३० प्रतिशत पनि खर्च गर्न नसक्नेले ठुल्ठुला कुरा गर्दै हुनुहुन्छ’ नेपाल प्रेस युनियन डोटीद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा खड्काले भने ‘हामीसंग डिवेट गर्ने हैसियत छ भने म उहाँसंग डिवेट गर्न तयार छु ।’ उनले गन्तव्य कहाँ हो, सिद्धान्त के हो, देशलाई कहाँ लैजादैछन् भन्ने कुरालाई आंकलन गरी हाई हाई मात्र गरेर नहुने वताए ।
उनले काङ्ग्रेसहरुनै घण्टी–घण्टी भनेर प्रचार गरेको खड्काको गुनासो थियो । उनले भने ‘कांग्रेसले घण्टी भनेर प्रचार गर्ने हैन, हल्लाको भरमा लाग्ने हैन, तर सचेत रहनु होला ।’
जेन–जी आन्दोलन कुनै व्यक्ति विशेषको कारण नभई राजनीतिकर्मीहरुका कार्यशैलीका कारण शासकहरु बिरुद्धको बिद्रोह भएको खड्काले वताए । ‘राज्यभित्र आफ्नो भविष्य नदेखेका युवाहरु बिद्रोह थियो त्यो’ खड्काले भने ‘त्यसमा सरकारले सामाजिक सञ्जालमाथी लगाएको प्रतिवन्द मुख्य कारण वन्यो ।’
केही दिनअघि सम्पन्न नेपाली कांग्रेसको बिशेष महाधिवेशनबाट केन्द्रीय सदस्य समेत चुनिएका खड्काले पार्टीका निवर्तमान सभापति शेरवहादुर देउवाको प्रसंसा गरेका थिए । उनले परिस्थितिले पार्टी सभापति अरु भएपनि देउवा कांग्रेसको अभिभावक भएको वताए । देउवाले पार्टीलाई एकताबद्ध वनाउन महत्वपूर्ण भूमिका खेलेको समेत खड्काको दावी थियो । ‘दुई पटक पार्टीको सभापति र पाँच पटक देशको प्रधानमन्त्री भईसक्नु भएको देउवा अन्तराष्ट्रिय व्यक्तित्व हुनुहुन्छ’ खड्काले अव कांग्रेस कुनै गुटको, ब्यक्तिको हुने छैन ।’ उनले कांग्रेस समय अनुसार बदलिएको दावी गरे ।
