
जेठ २५, डोटी। डोटीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् । जिल्लाको पूर्वीचौकी गाउँपालिका–४ कुनिगडामा मोटरसाइकल दुर्घटना हुँदा सोही वडाको धौलावस्तीकन ३३ वर्षीय कमल जोशी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार सोमवार साँझ करिब ६ः४० बजे पहलमान सिंह स्वार राजमार्ग अन्तर्गत चौखुट्टेदेखि सानागाउँतर्फ आउँदै गरेको से ६ प ९३९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारमा रहेको ढुङ्गामा ठोक्किएको हो । दुर्घटनामा परि घाइते भएका जोशीको अनुहार, टाउको, हात तथा खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते जोशीलाई उपचारका लागि जिल्ला अस्पताल डोटी पठाइएको छ । उनको अवस्था मध्यम रहेको बताइएको छ ।
