डोटीका स्थानीय तहको बेरुजू १५ करोड बढी, कुन स्थानीय तहको कति ?

जेठ २०, डोटी । डोटीका नौ ओटा स्थानीय तहको बेरुजु रकम १५ करोड रुपैयाँ भन्दा बढी कायम भएको छ । महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनका अनुसार यस आर्थिक वर्षमा नौ ओटै पालिकाको १५ करोड सात लाख २६ हजार आठ सय छ रुपैयाँ बेरुजू कायम भएको हो । महालेखा परीक्षकको कार्यालयको विवरण अनुसार आर्थिक वर्ष २०८१/०८२ मा डोटीका पालिकाहरूको जम्मा दश अर्ब ८२ करोड ५९ लाख ८२ हजार रुपैयाँ बराबरको लेखापरिक्षण गरिएको हो ।

यस आर्थिक वर्षमा लेखापरिक्षणबाट सबै भन्दा बढी बेरुजू पूर्वीचौकी गाउँपालिकाको तीन करोड ४७ लाख ७१ हजार पाँच सय ८० रुपैयाँ छ भने सबै भन्दा कम बोगटान फुड्सिल गाउँपालिकाको ३७ लाख सात हजार ४२२ रुपैयाँ रहेको छ । पुर्विचौकी गाउँपालिकाको बेरुजु रकममा ३३ लाख ७८ हजार पाँच सय ९६ असुल गर्नुपर्ने, दुई करोड तीन लाख १३ हजार सात सय ३१ अनियमित भएको, ९३ लाख ५९ हजार तीन सय ५२ प्रमाण, कागजात पेस नभएको र १७ लाख १९ हजार नौ सय रुपैयाँ पेस्की रहेको छ । त्यस्तै बोगटान फुड्सिल गाउँपालिकाको दश लाख ७९ हजार नौ सय चार रुपैयाँ असुल गर्नुपर्ने र २६ लाख २७ हजार पाँच सय १८ रुपैयाँ अनियमित भएको रकम छ ।

सायल गाउँपालिकाको बेरुजू रकम तीन करोड २४ लाख २४ हजार नौ सय १८ रुपैयाँ रहेको छ । जसमा असुल गर्नुपर्ने रु. ८० हजार आठ सय ५२, अनियमित एक करोड ८९ लाख ६५ हजार दुई सय ४७ रुपैयाँ प्रमाण, कागजात पेस नभएको र ९० लाख ९६ हजार रुपैयाँ पेस्की रहेको छ । जोरायल गाउँपालिकाको दुई करोड ३८ लाख ५१ हजार पाँच सय ७६ रुपैयाँ बेरुजू देखिएको छ । जस अन्तर्गत तीन लाख ३३ हजार ५९ रुपैयाँ असुल गर्नुपर्ने, दुई करोड २३ लाख २६ हजार ६८ रुपैयाँ अनियमित भएको र ११ लाख ९२ हजार चार सय ४९ रुपैयाँ प्रमाण, कागजात पेस नभएको रहेको छ ।

त्यसै गरी शिखर नगरपालिकाको एक करोड ६६ लाख ५६ हजार दुई सय ४४ रुपैयाँ बेरुजु देखिएको छ । जुन रकममा तीन लाख ७४ हजार नौ सय दुई रुपैयाँ असुल गर्नुपर्ने, ८३ लाख ५७ हजार दुई सय २५ रुपैयाँ अनियमित भएको र ७३ लाख आठ हजार सात सय रुपैयाँ प्रमाण, कागजात पेस नभएको पाइएको छ । आदर्श गाउँपालिकाको एक करोड ४३ लाख पाँच हजार १६ रुपैयाँ बेरुजू आएको छ । आदर्शले रु. तीन लाख चार हजार चार सय २४ असुल गर्नुपर्ने, एक करोड ३६ लाख २३ हजार नौ सय ८३ रुपैयाँ अनियमित भएको र तीन लाख ७६ हजार छ सय नौ रुपैयाँ प्रमाण, कागजात पेस नभएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा जिल्लाको के.आई.सिंह गाउँपालिकाको रु. एक करोड २३ लाख सात हजार तीन सय १५ रुपैयाँ बेरुजु रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यस अन्तर्गत दश लाख ५४ हजार दुई सय ५१ रुपैयाँ असुल गर्नुपर्ने, ५९ लाख दश हजार तीन सय ७३ रुपैयाँ अनियमित भएको र ५३ लाख ४२ हजार छ सय ९१ रुपैयाँ प्रमाण, कागजात पेस नभएको पाइएको छ । बडीकेदार गाउँपालिकाको रु. ७२ लाख ३७ हजार पाँच सय ३५ बेरुजू कायम भएको छ । बडीकेदारले छ लाख २६ हजार आठ सय ८२ रुपैयाँ असुल गर्नुपर्ने, ५४ लाख २६ हजार पाँच सय पाँच रुपैयाँ अनियमित भएको, दश लाख ३४ हजार एक सय ४८ रुपैयाँ प्रमाण, कागजात पेस नभएको र एक लाख ५० हजार रुपैयाँ पेस्की रहेको छ ।

त्यस्तै दिपायल सिलगढी नगरपालिकाको ५४ लाख ६४ हजार दुई सय रुपैयाँ बेरुजू भएको छ । जुन रकमको चार लाख ३१ हजार तीन सय ७३ असुल गर्नुपर्ने, २७ लाख १३ हजार पाँच सय छ रुपैयाँ अनियमित भएको, २१ लाख ९१ हजार तीन सय २१ रुपैयाँ प्रमाण, कागजात पेस नभएको र एक लाख २८ हजार नौ सय रुपैयाँ पेस्की रहेको छ ।

जम्मा बेरुजू एक अर्ब ३० करोड बढी
डोटी जिल्लाका नौ ओटै पालिकाको हाल सम्मको जम्मा बेरुजू रकम एक अर्ब ३० करोड ६९ लाख ५४ हजार ४७ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८०/०८१ सम्म एक अर्ब १५ करोड ६२ लाख २७ हजार दुई सय ४१ रुपैयाँ बेरुजू रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा १५ करोड सात लाख २६ हजार आठ सय छ रुपैयाँ बेरुजू थप भएकोमा उक्त बेरुजू कायम भएको हो ।

Sayalb

हालसम्म जिल्लाको सबैभन्दा बढी बेरुजू रकम हुने स्थानीय तह शिखर नगरपालिका भएको छ । २०८०/०८१ मा २६ करोड दश लाख २९ हजार दुई ७६ रुपैयाँ बेरुजू रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा एक करोड ६६ लाख ५६ हजार दुई सय ४४ रुपैयाँ थप भएसँगै बेरुजू रकम २७ करोड २० लाख ३० हजार नौ सय ६५ रुपैयाँ भएको छ । यस आर्थिक वर्ष शिखर नगरपालिकाले ९४ लाख ७१ हजार नौ सय ७५ रुपैयाँ बेरुजू फस्र्यौट गरेको हो ।

जिल्लाकै सबै भन्दा कम बेरुजू रकम दिपायल सिलगढी नगरपालिकाको सात करोड ८५ लाख १५ हजार एक सय ७८ रहेको छ । दिपायल सिलगढीमा आर्थिक वर्ष २०८०/०८१ मा आठ करोड २५ लाख २२ हजार नौ सय ५३ रुपैयाँ बेरुजू रहेकोमा आर्थिक वर्ष २०८१/०८२ मा ९४ लाख ७१ हजार नौ सय ७५ रुपैयाँ फस्र्यौट गरेको छ भने ५४ लाख ६४ हजार दुई सय रुपैयाँ थप भएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा ७२ लाख ३७ हजार पाँच सय ३५ रुपैयाँ थप भएसँगै बडीकेदार गाउँपालिकाको बेरुजू रकम १८ करोड १७ लाख ९१ हजार सात सय ६२ रुपैयाँ पुगेको छ । यस आर्थिक वर्ष पालिकाले सात लाख ८६ हजार सात सय ६१ रुपैयाँ फस्र्यौट गरेको छ ।

महालेखा परीक्षकको प्रतिवेदनका अनुसार बोगटान फुड्सिल गाउँपालिकाको बेरुजू रकम रु. १५ करोड ८२ लाख ४५ हजार एक सय ९७ पुगेको छ । अघिल्लो आर्थिक वर्षसम्म बोगटान फुड्सिलको बेरुजू १५ करोड ४५ लाख ३७ हजार सात सय ७५ रुपैयाँ थियो । त्यस्तै सायल गाउँपालिकाको जम्मा बेरुजू १५ करोड ४७ लाख ३४ हजार नौ सय १८ पुगेको छ । १२ करोड २३ लाख ३२ हजार रुपैयाँमा आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड २४ लाख २४ हजार नौ सय १८ थप भएको हो । २२ हजार सम्परीक्षणबाट घटेको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा तीन करोड ४७ लाख ७१ हजार पाँच सय ८० रुपैयाँ थप भई पूर्वीचौकी गाउँपालिकाको बेरुजू रकम १५ करोड २८ लाख ४४ हजार चार सय ३२ रुपैयाँ कायम भएको छ । यस आर्थिक वर्ष सम्परीक्षणबाट पुर्विचौकी गाउँपालिकाको एक करोड २४ लाख ७९ हजार पाँच सय ९७ रुपैयाँ घटेको छ ।

आदर्श गाउँपालिकाको जम्मा बेरुजू रकम रु १२ करोड ९२ लाख १९ हजार नौ पुगेको महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०८१/०८२ मा १ करोड ४३ लाख पाँच हजार १६ रुपैयाँ थप भएको हो । जोरायल गाउँपालिकाको हालसम्मका बेरुजू नौ करोड ४५ लाख ६२ हजार सात सय ६० रहेको छ । आर्थिक वर्ष २०८१/०८२ मा सम्परीक्षणबाट एकै पटक दश करोड तीन लाख ८७ हजार एक सय ४९ रुपैयाँ फस्र्यौट गरेकोमा दुई करोड ३८ लाख ५१ हजार पाँच सय ७६ थप भएको छ ।

र के.आई. सिंह गाउँपालिकाको जम्मा बेरुजू रकम आठ करोड ५० लाख नौ हजार आठ सय २६ कायम भएको छ । सात करोड २७ लाख दुई हजार पाँच सय ११ रुपैयाँ बेरुजु रकममा आर्थिक वर्ष २०८१/०८२ मा एक करोड २३ लाख सात हजार तीन सय १५ रुपैयाँ थप भएको हो ।

Shaileshwori
Loading...