
असार ३१, डोटी । सहजपुर बाेगटान दिपायल सडक अन्तरगत (मटघर-टुडा गाड) ८ किलोमिटर सडक कालोपत्रेका लागि डबल कटिङ कार्य सुरु भएको छ । २०८३ असार २२ गते पूर्वाधार विकास कार्यालय डडेल्धुरा र निर्माण कम्पनी इन्द्रधनु नागार्जुन जेभि बैतडीका बिचमा सम्झौता भई २०८५ साल असार ३ सम्पन्न गर्नु पर्ने छ ।

२३ कराेेड ८२ लाख ९० हजार ६ सय २६ रुपैयाँमा सम्झौता भएको सडक निर्माण कम्पनीले निर्धारित समय भन्दा पहिला नै सम्पन्न गर्ने लक्ष्य राखेको छ । सडकको बाेगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमल गड्सिलाले शिलान्यास गरेका हुन् ।
