डोटी स्थित सेती नदीमा बगेर एक पुरुष बेपत्ता

साउन २७, डोटी । डोटी स्थित सेती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पुल बजारका करिब ५६ वर्षीय राम सुचीकार  बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटीका डिएसपी रण बहादुर चन्दका अनुसार बुधवार (आज) साँझ करिब ४:५० बजेको समयमा हातमुख धुन सेती नदी किनारमा गएका सुचीकार नदीमा बगेर बेपत्ता भएका हुन् । सूचना प्राप्त हुनासाथ खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय दिपायलबाट १२ जनाको प्रहरी टोली परिचालन गरिएको छ ।

प्रहरी टोलीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर २, ५ र ७ अन्तर्गत पर्ने सेती नदी किनारमा खोजी गरिरहेको छ । बेपत्ता सुचीकारको खोजी कार्य जारी रहेको र घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

Shaileshwori
Bolpatra
Loading...