डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली (पेटारो) बडीमालिका प्रस्थान

साउन २८, डोटी । डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली (पेटारो) बाजुराको बडीमालिका प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीय स्थल बडीमालिकाका लागि जिल्ला प्रशासन कार्यालय डोटीबाट सरकारी पूजा सामग्री (पेटारो) पठाइएको हो । पेटारो पैदल १५ दिन लगाएर बडीमालिका पुग्ने छ ।
प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालबाट जिल्ला प्रशासन कार्यालय डोटीमा विशेष पूजाआजा सम्पन्न भएपश्चात् प्रसिद्ध शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा पूजा भएसँगै पेटारो बडीमालिकाका लागि निस्केको हो । जनै पूर्णिमाको अघिल्लो दिन अर्थात् चतुर्दशीमा बडीमालिकामा मुख्य पूजाआजा हुने प्रचलन छ । सोही पूजाआजाका लागि राणा कालदेखि नै डोटी गौंणाबाट पेटारो जाने चलन रहिआएको छ ।
Sayalb
जिल्ला सदरमुकाम सिलगढीबाट हिँडेको पूजा सामग्रीसहितको सरकारी टोली पहिलो दिन आज साँझ डोटी जिल्लाको पूर्वीचौकी गाउँपालिका–१ फुलौट र दोस्रो दिन सोही पालिकाको वडा नम्बर ५ धानुकाँडामा बास बस्ने छ । यस्तै तेस्रो दिन अछामको मार्कु, प्रसिद्ध धार्मिक स्थल वैद्यनाथ हुँदै पैदल मार्गबाट बडीमालिका पुग्ने चलन छ ।
पूजा सामग्रीमा डोटी दिपायलको भुरुडी (रोपाइको समयमा धानको पातबाट बनाइएको फूलडी) र वैद्यनाथको अक्षता समावेश गरिएको हुन्छ । यो वर्षको पेटारो टोलीको नेतृत्व आदर्श गाउँपालिकामा कार्यरत अहेव मकर बहादुर खड्का र सायल गाउँपालिकाका कार्यालय सहायक खगि थापाले गरेका छन् । सरकारी पूजा सामग्री पेटारो प्रस्थानका क्रममा जिल्ला प्रशासन कार्यालय, शैलेश्वरी मन्दिर र स्थानीय मालिका मन्दिरमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टुकडीले सलामी दिएको थियो ।
Shaileshwori
Bolpatra
Loading...