प्रेस युनियन डोटीको अध्यक्षमा केशव चन्द्र महरा सर्वसम्मत चयन

भाद्र २१, डोटी । नेपाल प्रेस युनियन जिल्ला शाखा डोटीको अध्यक्षमा केशव चन्द्र महरा (पवन) चयन भएका छन् । आइतबार सम्पन्न छैटौँ जिल्ला अधिवेशनबाट महराको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

Sayalb

कार्यसमितिको उपाध्यक्षमा विक्रमबहादुर खड्का र प्रेमा कुमारी धामी (प्रतीक्षा),  सचिवमा दीपेन्द्र खड्का, सहसचिवमा राज पार्की तथा कोषाध्यक्षमा एकेन्द्र चन्दलाई चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा इन्द्र शाही, टेकबहादुर चन्द, लाली खड्का, महेश ओझा, दिनेश जोशी, कृष्ण मलासी, लक्ष्मी वि.क., सङ्गीता वि.क. र रमेश मगर चयन भएका छन् ।

Shaileshwori
Bolpatra
Loading...