एकै दिन लागु औषधका ११ कारोवारी समातिए

३ कात्तिक, डोटी । लागुऔषधकाे काराेवारमा संलग्न भएकाे आरोपमा प्रहरीले देशका बिभिन्न स्थानबाट ११ जनालाइ नियन्त्रणमा लिएकाे छ ।

प्रहरीले सार्वजनिक गरेकाे बिवरण अनुसार काठमाडौंकाे दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट दुइ जनालाइ पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका-२३ कोयरिया टोलका २७ वर्षीय सुदिप पटेल र पर्सा वीरगंज महानगरपालिका-१७ अलौका २७ वर्षीय सुनिल सहनी रहेका छन् । उनीहरूसंग भएकाे लागूऔषध ट्रामाडोल ७२ हजार ८० ट्याब्लेट नियन्त्रणमा लिइएको छ ।

Sayalb

यस्तै, बर्दिया जिल्लाको बाँसगढी नगरपालिका-५ शान्तिचोकस्थित ऋतु होटलबाट बढैयाताल गाउँपालिका-४ बस्ने २५ वर्षीय रबिन थारू र बाँकेकाे कोहलपुर नगरपालिका-१२ बस्ने २६ वर्षीया पुतली पुन पक्राउ परेका छन्। उनीहरूसंग रहेको १ सय ४० मिलिग्राम बरामद भएको छ । साे घटनामा संलग्न भएको आसंकामा प्रहरीले अनुसन्धानको लागि थप एक जनालाई नियन्त्रणमा लिएको छ ।

बाँकेकाे जानकी गाउँपालिका-४ ढुडुवारबाट २ सय ५ मिलिग्राम लागूऔषध सहित सोही ठाउँ बस्ने २९ वर्षीय तिलक विकलाई प्रहरीले पक्राउ गरेको छ । यसैगरी बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१ वाटरपार्कबाट भारत उत्तर प्रदेश बहराईज तहशिल नानपारा घर भएका २७ वर्षीय साबिर अलि अंसारीलाई पक्राउ परेका छन् । उनीसंग रहेकाे २ ग्राम ६ सय १० मिलिग्राम लागूऔषध प्रहरीले नियन्त्रणमा लिएको छ ।

लागूऔषधको कारोवारमा संलग्न भएको आरोपमा झापाबाट ४८ वर्षीय बम बहादुर लिम्बु पक्राउ परेका छन् । जिल्लाको शिवसताक्षी नगरपालिका-११ दुधे डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका-६ घर लिम्बु ३ ग्राम २ सय ३० मिलिग्राम खैराे हेराेइन सहित पक्राउ परेका हुन् । उनीसंग भएको नगद ८९ हजार ७ सय रूपैयाँ पनि प्रहरीले नियन्त्रणमा लिएको छ । सर्लाहीकाे मलंगवा नगरपालिका-११ बाट नियन्त्रित लागूऔषध नाइट्राजेपाम १ सय ६९ ट्याब्लेट सहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही
नगरपालिका-१० बस्ने २५ वर्षीय पप्पु यादव र सोही नगरपालिका-११ बस्ने २७ वर्षीय अरूण कुमार यादव रहेका छन् । उनीहरूले प्रयोग गरेको ३० एच ६०९८ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ । यस्तै, कञ्चनपुर, भीमदत्त नगरपालिका-९ ब्रह्म्देब जिरो पोइन्टबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्राम ४ सय २० मिलिग्राम सहित सोही नगरपालिका-१८ सालघारी बस्ने ३३ वर्षीय राज चौधरी पक्राउ परेका छन् ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-२ बाट अवैध लागूऔषधको कारवारमा संलग्न रहेको आरोपमा स्थानीय ४३ वर्षीय अर्सद अन्सारीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । अन्सारीलाइ खानतलासी गर्दा ३ ग्राम ६ सय ३० मिलिग्राम खैराे हेराेइन, स्पास्मो ७२ ट्याब्लेट र नाइट्राजेपाम ९० ट्याब्लेट बरामद भएको हाे । अन्सारीले प्रयोग गरेको बिआर ३८ एजे ७३१२ नम्बरको
मोटरसाइकल समेत बरामद गरेको छ ।

Shaileshwori
Bolpatra
Loading...