कञ्चनपुरमा एक महिनामै १७ जनाले आत्महत्या गरे

६ कात्तिक, डाेटी । कञ्चनपुर जिल्लामा एक महिनामा १७ जनाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारी अनुसार असोज महिनामा १७ जनाले आत्महत्याका गरेका हुन् । आत्महत्या गर्नेमा आठ पुरुष, ६ महिला र तीन बालिका रहेका जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । आत्महत्या गर्नेहरूमा सवैभन्दा बढी १५ जनाले झुन्डिएर आफ्नाे जीवन समाप्त गरेका छन् । दुई जनाले विष सेवन गरेर आत्महत्या गरेको सूचना अधिकारी रावलद्वारा सार्वजनिक गरिएको विवरणमा उल्लेख छ । आत्महत्या गर्नेमा १० देखि २० वर्षका चार, २१ देखि ३० वर्षका तीन, ३१ देखि ४० वर्षका दुई, ४१ देखि ५० वर्षका चार र ५० वर्षभन्दा माथिका चार जनाले आत्महत्या गरेका छन् ।

Sayalb

यस अवधीका कञ्चनपुरमा लागुऔषधका २१, ज्यानसम्बन्धी १०, सामाजिक अपराधका १३, चोरीका ६, महिला तथा बालबालिकासम्बन्धी ६ र सवारी ज्यानसम्बन्धी दुई मुद्दा दर्ता भएका छन् । अन्य प्रकृतिका १९ मुद्दा पनि दर्ता भएको प्रहरीको विवरणमा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको असोज महिनाको तथ्याङ्कअनुसार जिल्लामा एक महिनामै विभिन्न प्रकृतिका १०० वटा अपराधका मुद्दा दर्ता भएका छन् ।

Shaileshwori
Bolpatra
Loading...