
२५ कात्तिक, डोटी । प्रहरीले जवरजस्ती करणी गरेकाे आरोपमा अछामका एक युवालाइ पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले दिएको जानकारी अनुसार १९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुर्खेत जिल्ला पञ्चपुरी नगरपालिका-८ दहतालका २४ बर्षीय ज्ञानेन्द्र बलामी मगर पक्राउ परेका हुन् । जबरजस्ती करणी गरेको भनी पिडितबाट जाहेरी परेपछि ज्ञानेन्द्र पक्राउ परेका हुन् । उनलाइ प्रहरी चौकी ढुङगाचाल्नाबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पक्राउ गरेको छ । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

