
१ मंसिर, डोटी । सेती नदीमा नुहाउने क्रममा एक जनाकाे मृत्यु भएको छ ।

डोटीको शिखर नगरपालिका-७ वोकटाका ४८ बर्षीया देव बहादुर खत्रीको मृत्यु भएकाे हाे । खत्री मंगलवार बिहान साेही नगरपालिका वडा नं. १० गहनानस्थित सेती नदीमा नुहाउने क्रममा डुबेका थिए । उनलाइ उनका भाई शेर बहादुर खत्री र प्रहरी चाैकी तिलतालीबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी पठाईएको थियाे । गम्भिर अवस्थामा रहेका उनको दिउसाे उपचारकै क्रममा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

