भूकम्प गएको ९१ घण्टापछि ४ वर्षीया बालिकाको जीवितै उद्धार
भूकम्पले पुरिएको घरबाट ९१ जीवितै उद्धार गरिएकी बालिका । तस्बिर सौजन्य :- एएफपी

एजेन्स
टर्कीको शक्तिशाली भूकम्पमा पुरिएकी एक ४ वर्षीया बालिका लाई ९१ घण्टापछि जीवितै उद्धार गरिएको त्यहाँँका विपद् व्यवस्थापन अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले खबर दिएको छ । टर्कीको इजमीर प्रान्तको बायराक्ली जिल्लाको एक भत्किएको घरबाट ती बालिकालाई निकालिएको त्यहाँका मेयरले जनाएका छन् ।

टर्कीको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १०० पुगेको छ । समाचार संस्था एएफपीले दिएको पछिल्लो जानकारी अनुसार भूकम्पमा परी ९९४ जना घाइते भएका थिए । १४७ जना अझै अस्पतालमा उपचाररत छन् । भूकम्पमा भत्किएको भवनमा हराइरहेका हरुको खोजी भइरहेको जनाइएको छ । गत शुक्रबार टर्कीका इजमीर प्रान्तमा केन्द्रविन्दु भएर ७ म्याग्निचूडको भूकम्प गएको थियो ।

