पत्रकार ऋषि धमलालाई कोरोना संक्रमण

पत्रकार ऋषि धमलालाई कोरोना पोजेटिभ भएको छ । कन्ट्याक्ट ट्रेसिङमा परेका उनको स्वाब परीक्षण गराएका थिए, रिपोर्ट पोजेटिभ आएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् ।

‘म आजैबाट होम–आइसोलेसनमा बसेको छु । यहाँहरुको माया, सद्भाव, शुभेच्छा र आशिर्वादले कोरोना संक्रमणलाई छिट्टै परास्त गर्ने विश्वास लिएको छु’, उनले फेसबुकमा लेखेका छन् ।
साथै उनले यो बीचमा आफूसँग प्रत्यक्ष सम्पर्कमा रहेका सबैलाई आवश्यक स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरेका छन् । कोरोना पुष्टि भएपछि उनी काठमाडौंस्थित घरमै आइसोलेसनमा बसेका छन्। धमलाले कोरोना देखिए पनि स्वास्थ्यमा कुनै समस्या नरहेको जानकारी दिएका छन्।
