अमेरिकाले बनायो कोरोनाविरुद्धको भ्याक्सिन, ९० प्रतिशत प्रभावकारी

डोटी : अमेरिकी औषधि कम्पनीले आफूले बनाएको भ्याक्सिन कोरोना भाइरसविरुद्ध ९० प्रतिशतसम्म प्रभावकारी भएको जनाएको छ। अमेरिकी कम्पनी फाइजरले परीक्षणका क्रममा यस भ्याक्सिनले सोचेभन्दा प्रभावकारी काम गरेको बताएको हो।

Sayalb

कम्पनीका अनुसार यो भ्याक्सिन अहिले स्वयमसेवकहरुलाई दिइएको छ। उनीहरुमाथि यसले कुनै असरबिना ९० प्रतिशतभन्दा धेरै काम गरेको हो। फाइजरले यो भ्याक्सिन जर्मन औषधि कम्पनी बायोटेकसँग मिलेर बनाएको हो।

कम्पनी यसै महिनाको अन्तिमसम्म भ्याक्सिनको दुई डोजका लागि फूड एन्ड ड्रग एडमिनिस्ट्रेशनसँग आपत्कालीन अनुमति लिने तयारीमा छ। उता अमेरिका नै एक करोडभन्दा धेरै संक्रमित भएको पहिलो देश बनेको छ।
चीनले त आफ्ना जनमुक्ति सेनासहित ५ लाखभन्दा धेरै नागारिकमा यो खोप दिइसकेको छ। त्यस्तै उसले विश्वका १५ बढी देशमा यो भ्याक्सिनको अहिले परीक्षण गरिरहेको छ। तर रुस र चीन दुवैले बनाएका भ्याक्सिनले तेस्रो चरणको परीक्षण अझै पूरा गरिसकेका छैनन्।

 

Shaileshwori
Loading...