कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिन र नोटसहित तीन जना पक्राउ

कञ्चनपुर: कञ्चनपुरमा नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ मा डेरा गरी बस्ने रितिका बम, उनका श्रीमान अनुज शर्मा र भगतपुरका दिपक नाथ पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार बम र शर्मालाई मेहेन्द्रनगरस्थित बजारमा फेला पारी खनतलासी लिँदा एक हजार दरको दुई वटा नक्कली नोट भेटिएको थियो ।

bhukampa

त्यसपछि डेरा कोठामा खानतलासी गर्ने क्रममा थप नक्कली नोट, फोटोकपी पेपर, नक्कली नोट बनाउने मेसिन, कैँची लगायतका सामग्री बरामद भएको क्षेत्रीले बताए ।

उनका अनुसार दुवै जनालाई मुद्रा सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको छ । दिपक चाहिँ नक्कली नोट लिएर अरुण शाहको पसलमा सामान किन्न जाँदा पक्राउ परेका हुन् । थप अनुसन्धान जारी छ ।

Shaileshwori
Loading...