भीम रावललाई ओलीको कटाक्षः उनको दिमाग जन्मजात बिग्रिएको हुनुपर्छ

धनगढीः प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलको कडा आलोचना गरेका छन्।
आइतबार अनेरास्ववियूको कार्यकर्ता भेलामा बोल्दै ओलीले रावलले महिलामाथि अपमान हुनेगरी अभिव्यक्ति दिएको भन्दै टिप्पणी गरेका हुन्।

‘महिलाको किड्नीले केपी ओलीको दिमाग बिग्रियो भन्नेलाई महिलाले नै जन्माएकीले जन्मजात दिमाग बिग्रिएको हुनुपर्छ,’ उनले भने, ‘तिनलाई श्रीमतीले घरमा कसरी खान दिइन होला ? छरछिमेकका दिदीबहिनीका अगाडि कसरी अनुहार देखाए होलान् ?’
यसअघि भीम रावलले महिलाको किड्नी हालेकाले केपी ओलीको दिमाग बिग्रिएको भनी अभिव्यक्ति दिएको खबरहरु सार्वजनिक भएका थिए। उक्त खबरप्रति नेता रावलले अपत्ति जनाएका थिए।
