एलन मस्क बने विश्वको सबैभन्दा धनि

एजेन्सी: एलन मस्क विश्वका सबैभन्दा धनि व्यक्ति बनेका छन्।

मस्कले अमेजनका मालिक जेफ बेजोसलाई उछिन्दै धनि व्यक्तिको सूचीमा शिर्ष स्थानमा उक्लिएका हुन्। हिजो टेस्लाको सेयर मुल्य ६ प्रतिशतले बढेसँगै मस्क विश्वको धनि व्यक्ति बनेको ब्लूमवर्गले जनाएको छ । यो सँगै उनको अहिलेको सम्पत्ति १९१ बिलियन डलर पुगेको छ।

Sayalb

मस्क टेस्ला बाहेक निजी स्पेस कम्पनी स्पेसएक्सका समेत मालिक हुन्। तर स्पेस एक्सको सेयर मुल्य त्यति घटबढ नहुने टेस्लाको मुल्य करिब एक बर्षमा ७४३ प्रतिशतले बढेको देखिएको छ। २०२० मा टेस्लाको सेयर मुल्यमा १०६ बिलियनले बढेको थियो। गत नोभेमबरमा नै मस्क विल गेट्सलाई उछिन्दै विश्वको दोस्रो धनि व्यक्ति बनेका थिए।

ब्लूमवर्गको रियल टाइम बिलिनियर्स ट्रयाकरले मस्क अहिले सबैभन्दा धनि भएको उल्लेख गरेको छ। त्यस्तै तेस्रो स्थानमा बिल गेट्स रहेका छन्।

Shaileshwori
Loading...