‘प्रधानमन्त्री ओलीसँग सय बढी सांसद छन्’

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका संसदीय दलका मुख्य सचेतक विशाल भट्टराईले प्रधानमन्त्री केपी ओलीको पक्षमा अहिले पनि एक सयभन्दा बढी सांसद रहेको दाबी गरेका छन्। संसदमा आवश्यक परे त्यो देखाउन आफू तयारी अवस्थामा रहेको भट्टराईको भनाइ छ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै भट्टराईले अहिले पनि प्रधानमन्त्री ओलीको पक्षमा बहुमत सांसदहरु रहेको जिकिर गरेका हुन्। ‘प्रधानमन्त्री ओली अल्पमतमा हुनुहुन्छ भनेर बाहिर हल्ला चलाइएको छ, तर म दाबाका साथ भन्छु, उहाँ बहुमतमा हुनुहुन्छ’ भट्टराईले भने, ‘आवश्यक पर्दा त्यो हामी देखाउन तयार छौं। उहाँको पक्षमा सयभन्दा बढी सांसद छन्।’

Sayalb

प्रतिनिधिसभा विघटन भएपछिको यो दुई महिनाको अवधिमा आफूहरु पार्टीलाई जनस्तरसम्म लिएर जान सफल भएको पनि उनको भनाइ छ। सर्वोच्च अदालतले पुस ११ गते प्रतिनिधिसभा पुनस्र्थापनाको फैसलालाई आफूहरुले सम्मान गर्ने पनि उनले सुनाए। उनले सर्वोच्च अदालतको फैसलाबमोजिम सरकारले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गतेका लागि बोलाउन सिफारिस गरेको प्रष्ट पारे।

संसद प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव आए आफूहरुले त्यहीँ प्रतिवाद गर्ने पनि भट्टराईको भनाइ छ। उनले आफूहरुले प्रचण्ड र माधवकुमार नेपाललाई अहिलेसम्म कारबाही नगरेको पनि जनाए।

निर्वाचन आयोगले नेकपाको आधिकारिकताको सवालमा आफूहरुलाई नै आधिकारिकता दिने पनि उनले विश्वास दिलाए।

Shaileshwori
Loading...