देश र जनताको लागि मरेको प्रतिपक्ष

प्रकाश जोशी - अनेरास्ववियु, डोटी

बिश्व मानवजातिको अस्तित्वनै रक्षात्मक तुल्याउने गरि जन्मियको कोराना भाइरस ( covid 19 ) बाट नेपाल अछुत रहने कुरै भयन । आज हाम्रो देश नेपाल यो महामारिले आक्रान्त भै रहेको छ । दिन प्रती दिन कोराना भाइरस हावा सरि समुदायमा फैलिरहेको छ । लामो समय सम्म गरिएको लकडाउनका कारण अर्थतन्त्र डामाडोल छ । ब्यापार ब्यबसाय ठप्प छन । मजदुरले काम नपायर रुमल्लि रहेका छ्न । धेरैले जागिरी गुमायर बसिरहेका छ्न । नेपालको अर्थतन्त्रको बलियो आधार पर्यटन ब्यबसाय ठप्प छ । बिदेशी रेमिटान्स लगभग सुन्ने छ । भान्सार कर , अन्य कर तिर्ने आधार कम भै सकेको छ । मानिस बाहिर निस्किन डराई रहेको छ । किसानले मल बीउ पाई रहेको छैन । उत्पादित तरकारी लगायतका चिज बस्तु कुहि रहेको छ । यहाँ जनता रोग र बोकले तड्पिरको छ ।

हाम्रो देसको देश दुई तिहाइको बहुमतले मात्तियको, सत्ताको मातले रात्तियको सरकार दिन प्रती दिन निरही बनिरहेको   छ । अहंकारि बनी रहेको छ । जनताको जिउ धनको रक्षा गर्नु साटो आफ्नो कुर्ची कसरी बचाने खेलमा ब्यस्त छ । अहिलको अबस्था भनेको दको रक्षा गर्ने हो, देशको अर्थतन्त्र रक्षा गर्नु हो । जनतालाई राहात उपलब्ध गराउने हो । जनताको सेवा गर्ने हो । जनताको आवाज सुन्ने हो । जनतालाई जवाफ दिने हो । सल्लाह, सुझाव, प्रसङ्सा, आलोचना, समालोचना, गर्ने ठाउँ , भ्रष्टाचारको विरुद्धमा बोल्ने ठाउँ, जन जिविकाको पक्षमा बोल्ने ठाउँ , ठिला सुस्तीको बिरुद्द्मा बोल्ने ठाउँ , गतत प्रबित्तिका बिरुद्धमा बोल्ने ठाउँ , संसद नै स्थगित गरेर, जनताका आवाज बोल्ने, सरकारका कानखोल्ने ठाउनै बन्द गरेर जनताको आवाज माथिनै प्रतिबन्ध लगायको छ ।

Sayalb

आज नेपाली जनता मनको भावना कुन्ठित गरेर दुखी जीवन जिउन बिवस छ्न । यस्तो विषम परस्तिथिमा किन बोल्दैन प्रतिपक्षी, संसद बैठकको माग गर्ने र जनताको माग र बर्तमान समयको आवश्यकता को बिषयमा आवाज उठाउने काम, सरकारलाई घच्घचाउने काम, सहि बाटोमा डोर्‍याउनकाम , गलत कुराको आलोचना गरि सरकार लाई सच्याउन रचनात्मक सहयोग गर्ने काम प्रतिपक्षीको होइन र ? किन बोल्दैन प्रतिपक्षि ? नेपाल कम्युनिस्ट पार्टि (नेकपा ) आज आन्तरिक किचलोमा फसेको छ, बहुमत पर्टिका नेताहरु प्रधानमन्त्रीले काम गर्न नसकेको भन्दै राजिनामा मागेको बेला, प्रधानमन्त्रीले आफ्नो सत्ता जोगाउन संसद स्थगित गरेर कानमा तेल हालेर बसि रहेका छ्न । तर प्रतिपक्षी काङ्ग्रेस बैठक बोलाउन दवाव दिनुको साटो, उल्टै नेकपाको आन्तरिक कोचलोमा रमाइरहेको छ । कम्युनिस्ट पार्टी फुटायर आफ्नु सरकार बनाउने दाउमा वा आसले र्याल चुहाई रहेको छ ।

नेपाली काँग्रेसका साँसद आलमले चार जना निर्दोष मानिसलाई ज्युदै इटा भट्टा हालेर मारेको भन्दै सरकारले  जेल हाल्यो । काँग्रेस हत्यारा बचाउन संसद देखि सडक सम्म करायो । भ्रष्टाचार प्रमाणित भयका काङ्ग्रेस साँसद एव पार्टिका उप सभापति बिजय कुमार गक्षदारलाई सरकारले जेल हाल्दा भ्रष्टाचारि बचाउन सडक देखि सदन ततायो । तर आज जनताको जन जिबिकाको पक्षमा, देश र जनताको पक्षामा, देशको अर्थतन्त्रको पक्षमा किन बोल्दैन प्रतिपक्षी ? यस्तो महामारिको बेला किन बोल्दैन प्रतिपक्षी ? किन संसद बैठक माग गरेर आफ्ना धारणा, बिचार, सुझाप, आलोचना, समलोचना गर्दैन प्रतीपक्षी त्यसैले भन्न मन लाग्यो मरेको प्रतिपक्ष ! मरेको प्रतिपक्ष !!

Shaileshwori
Loading...