पुर्वीचौकी गाउँपालिकामा भिडियो एक्सरे सेवा सुरु

तेजु ओली
डोटीको पुर्बीचौकी गाउँपालिकाले बिहिवारबाट भिडियो एक्सरे (युएसजी) तथा एक्सरे सेवा सुरु गरेको छ । एक वर्ष अगाडि देखि एमबिबिएस डाक्टर द्धारा सेवा प्रदान गरिरहेको गाउपालिकाले आजबाट भिडियो एक्सरे (युएसजी) तथा एक्सरे सेवा दिने भएको छ । आज एक कार्यक्रमका बिच उदघाटन गर्दै गाउपालिकाका अध्यक्ष दिर्घराज बोगटीले आफ्ना जनतालाइ घरदैलोमा सेवा दिन पाएको बताउनुभएको छ ।

पेट सम्बन्धीका विरामीहरु, गर्भवती महिलाहरु, पथ्थरीका विरामीहरु, मृगौला सम्बन्धीका विरामीहरु, पित्त थैलीका विरामीहरु र हड्डी सम्बन्धी सम्पुर्ण समस्या भएका विरामीहरुको उपचार गरिने डा. अंकित रेग्मीले बताउनु भएको छ ।

