राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र डोटीबाट हटाईयो 

राष्ट्रिय सभा निर्वाचन केन्द्र डोटी बाट हटाईएको छ । माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनकाे मतदान केन्द्र डोटीबाट हटाएर कैलाली तोकिएको छ । यस अघिका दुई वटा राष्ट्रिय सभा निर्वाचन डोटी जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएका थिए ।  उच्च अदालत रहेको ठाउँमा नै राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र तोकिदै आएको भए पनि यस पटक सुदूरपश्चिम प्रदेशका लागी सुदूरपश्चिम प्रदेशसभा भबन कैलालीका तोकिएको छ ।

निर्वाचन आयोग नेपालले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागी मतदाता नामावली र मतदान स्थल, केन्द्र स्वीकृत सम्बन्धमा पुष १ गते एक सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मतदान केन्द्र कैलाली रहेको जानकारी दिएको हो ।

Sayalb

क्षेत्रिय सदरमुकाम समेत रहेको दिपायलमा अस्थायी राजधानी कैलाली तोकिएपछि निराश बनेका जनता फेरी मतदान केन्द्र सारिएपछि झस्कीएका छन् । अस्थायी राजधानी कैलाली तोक्ने सरकारको नेतृत्व पनि नेपाली कांग्रेस सभापती शेरबहादुर देउवा नै प्रधानमन्त्री थिए भने भने राष्ट्रिय सभा निर्वाचनको मतदान केन्द्र हटाउँदै गर्दा पनि देउवा नै प्रधानमन्त्री छन् ।  उच्च अदालतलाई दिपायलबाट अन्यत्र लैजाने प्रपन्च भएको स्थानीयहरुले आशंका गरेका छन् ।

Shaileshwori
Loading...