डोटीमा लागुऔषध सहित एक युवक पक्राउ

डोटी – लागुऔषध खैरो हिरोईन सहित एक जना पक्राउ परेका छन् । बुधबार जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ४ पिपल्लाका २६ वर्षिय दिपेन्द्र ओडलाई ०.६६ ग्राम खैरो हिरोईन सहित पक्राउ गरेको प्रहरीले बताएको छ ।

Sayalb

जिल्ला प्रहरी कार्यालय डोटी सहायक प्रवक्ता रबिन्द्र चन्दका अनुसार घरमा लागुऔषध लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । ओडलाई पक्राउ गरि थप आवश्यक अनुसन्धान अगाडि बढाईएको प्रहरीले बताएको छ ।

Shaileshwori
Loading...