मशालमा फेरी विद्रोह : माओवादी केन्द्र र नेकपा मशाल (सम्पर्क केन्द्र) बिच आज एकता हुँदै

नेकपा (माओवादी केन्द्र) र नेकपा (मसाल)बाट विद्रोह गरेर बनेको सम्पर्क केन्द्र बिच एकता हुने भएको छ । आज एक समारोहबिच दुवै पार्टीबिच एकता हुने भएको हो । मध्यान्ह १२ बजे त्रिपुरेश्वरको वर्ल्ड ट्रेड सेन्टरमा पार्टी एकता घोषणा सभाको आयोजना गरिएको छ ।
मोहनविक्रम सिंह नेतृत्वको मसालमा राजनीतिक एजेन्डाहरूलाई हेर्ने दृष्टिकोण तथा नयाँ जनवादी क्रान्तिका बाँकी कार्यभारबारे विवाद भएपछि मसालमा विद्रोह गरेर नेकपा मसाल (सम्पर्क केन्द्र) गठन भएको थियो ।
Sayalb
विद्रोही समूहले ३९ जिल्लामा नेकपा मसाल सम्पर्क केन्द्रको स्थापना गरेको बताइएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, बागमती, लुम्बिनी, लगायतका प्रदेशका जिल्लामा पनि सङ्गठन विस्तार गरेको बताइएको छ । ३९ जिल्लाबाट एक हजारको सङ्ख्यामा मशालका नेताहरू पार्टी एकता कार्यक्रममा सहभागी हुने मशाल सम्पर्क केन्द्र डोटीका अध्यक्ष केशव नाथ योगीले जानकारी दिनु भएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र मशाल (सम्पर्क केन्द्र)का नेता लोकेन्द्र लम्सालले संयुक्त रूपमा पार्टी एकता भएको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ ।
Shaileshwori
Loading...