२१ सैनिक सहित डोटीमा २४ नयाँ सँक्रमित थपिए


डोटी भदौ १६
डोटीमा नेपाली सेनाका २१ जना सहित २४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ ।
जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको परिक्षणमा दिपायल सिलगढी नगरपालिका वडा नं.४ मा सुल्लेकमा रहेको नेपाली सेनाको गरुबक्स गणमा कार्यरत २१ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीले जानकारी दिनु भएको छ ।
त्यसैगरी कोरोना संक्रमण हुनेमा दिपालय सिलगढी नगरपालिका वडा न. ६ मा दुई जना र केआईसिंह गाउँपालिका वडा नं.४ मा १ जना गरि २४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । सुदूरपश्चिम प्रदेशमा यती ठुलो संख्यामा सुरक्षाकर्मी संक्रमण भएको यो पहिलो पटक हो ।
