
म फागुन १ गतेदेखि खप्तड बडिमालिका क्षेत्रमा तिर्थालु तथा आन्तरिक पर्यटकहरूलाई हिउँदे सिजनमा पुर्याई थोरै भय पनि चलायमान तथा पुनरुत्थान गर्ने उद्देश्य सहित हेलिटुर सञ्चालनका लागि धनगढीमा प्रचारप्रसारका क्रममा थिए ।
शुक्रवारको दिन सुदूर पश्चिम प्रदेश सभा सभामुख अर्जुन बहादुर थापा सँग भेटेर कुराकानी गर्ने जमर्को थियो । उहाँले मलाई प्रदेश सभा सचिवालयमा १ बजे भेट्ने समय दिनुभएको थियो । म साढे १२ बजे नै त्याहापुगे तर सभामुख ज्यु अनउनु भएन । त्याहा रहेका संसदीय दलका कार्यालयमा छिरे तर नेपाली काग्रेशको दलको कार्यालय भित्र टेक बहादुर रैका , दिब्यश्वरि शाह र भरत बहादुर खड्का बाहेक अन्य दलको कोही प्रदेश सभा सदस्य सँग भेट हुन पाएन । उहाहरु सँग केही समय गफगाफ पछि म पुन सभामुखको कार्यकक्षमा गए तर उहाँ आउनु भयको रहेनछ ।
धनगढीमा मौसम अत्यन्तै चिसो थियो सिमसिम वर्षा भइरहेको थियो लगातार दुई दिन पानी पर्ने र उच्च पहाडमा हिमपात हुने मौसम पूर्वानुमान थियो । करिब २ बजे तिर म धनगढी बाट अत्तरिया तिर गए अत्तरियामा सिलगढी रातुलिका चिनजानकै गाडी चालक लोक बहादुर विष्ट भेटिए उनी पनि दिपायल आउन तम्तयार थिए वर्षा भइरहेका कारण बाटोको अवस्था बुझ्न डडेल्धुरा तिर फोन लगाए हगुल्टे तिर सामान्य हिमपात र डडेल्धुरामा सिमसिम पानी परिरहेको जानकारी पाए ।

सामान्य अवस्थामा जान सकिने चालक लोक बहादुर र मेरो सल्लाह बमोजिम हामी अत्तरियाबाट साढे दुई बजेतिर निस्कियौ । साढे ३ बजेतिर खानिडाडा पुग्यौँ त्याहा पुग्दा सिलगढी जान लागेको बस बिग्रेर यात्रुहरू अलपत्र थिए गाडीहरूको पर्खाइमा २ घण्टादेखि कुरेर बसेका रहेछन् । हामीलाई लैजान ३ जना यात्रुहरूले आग्रह पूर्वक अनुनय गरे पछि एक महिला सहित २ जना यात्रु थपिदा ५ जना एकसाथ भयौ । बेलुकी साढे ५ बजेतिर डडेलधुराको मेल खर्क पुग्यौँ त्याहा पुग्दा सयौँ गाडीहरूको लाम लागि सकेको थियो । प्राप्त जानकारी अनुसार निमदत्त राजमार्ग खण्डको हगुल्टे मा हिउँबाट चिप्लिएर बसहरू एक आपसमा जुध्न पुगेछन् ।
हिउँ जम्मा जम्मी आधा फिट मात्रै थियो गाडिहरूँ सहज रूपमा जान सकिने थियो तर गाडिहरूँ बिचबाटैमा फसेपछि सडक अवरुद्ध हुन पुग्यो आफ्नो अगाडि बढाउने चालकहरूको होडबाजीले गाडिहरूँ दुवै साइडमै पार्किङ भय बिमारी बोकेका एम्बुलेन्स पनि सडकमै अलपत्र परे । बाटो नखुल्ने भयपछि हामीले बास खोज्न गैरा बजार फर्कियौ जेनतेन गरी बास बस्यौ राति ३ बजेपछि गैरा बजारमा पनि हिमपात सुरु भयो । बास बसेका कयौँ यात्री पुन धनगढीमा फर्किए । तर सडक डिभिजन कार्यालय कुल पातेले राति ९ बजे देखि काम सुरु गरेर १२ बजे सडक सुचारु गरेको रहेछ । करिब ३ बजे बिहान देखि पुन अवरुद्ध भयको रहेछ । होटेल बास बसेका कसैले पनि राति यात्रा गर्न पाएनन् । बिहान १० बजेपछि मलाई फोन गर्नुभयो सडक डिभिजन कार्यालय दिपायलका इन्जिनियर योगेन्द्र अधिकारी जिले उहाँ मेरो स्कुल पढ्दाको साथी हुनुहुन्थ्यो । ११ बजेपछि डडेल्धुरा र गैराबाट दुवै तर्फ ब्याकुलोडर लगाउने र बाटो खुल्ने जानकारी दिनुभयो । त्यसपछि पुन हामी ब्याकुलोडरकै पछाडि पछाडि गयौ मेल खर्क पुगेपछि सयौँ गाडिको लाम हजारौँ यात्रीहरू अलपत्र हिउको वर्षा कठ्ङग्रिदो जाडो वृद्ध देखि बालक सम्म बिमारी बोकेका एम्बुलेन्स पनि सडक सुचारुको प्रतीक्षामा थिए । दुई तर्फी गाडी पार्किङ हटाउन सकस भयो गाङ्खेत प्रहरी चौकीका प्रहरीहरूलाई हम्मे हम्मे पर्यो ३ घण्टाको अथक प्रयासपछि ब्याकुलोडर अगाडि बढ्यो बाटोमा जम्मा भयको हिउँ सोहोर्न । गाडी चालकहरूले अगाडि बढ्न साइड नदिएका कारण डोजर चालकले तेल छैन भन्दा अन्य चालकहरूले झन्डै झम्टिन खोजे प्रहरीले थामथुम पारे । आखिर २ ÷ ३ घण्टापछि तेल सकिन लागेको रहेछ । सडक कार्यालयका कर्मचारीहरू पनि ३ ड्रम तेल सहित भातकाडा बाट सडक खोल्दै सहुखर्क पुगिसकेका थिए करिब ५ बजेको समयमा दुई तर्फबाट काम सुरु गरेका मेसिन र तेल लगेर गएका कर्मचारीहरू म पनि साथै अपरेटरलाई सहज गराउँदै अगाडि बढेको आलिताल गाउँपालिका र गन्यापधुरा गाउँपालिकाको सिम क्षेत्र हगुल्टेमा भेटायो । कष्टकर यात्रा लाई ताती राखेर प्रकृतिले दिएको हिउँ सँग स्पर्श गर्दै लुकामारी खेल्यौ केहिबेर रमायौ मेसिनहरूमा तेल थप्ने काम भयो र पुन बाटो सुचारुमा मेसिनहरू प्रयोग भय । म सँगै अन्य दिपायल आउने बोलेरो जिपहरू थिए तिनका चालकहरू मेरा चिनजानकै भाइहरू थिए । ठाउँ ठाउँमा थुप्रै अवरोध हरू थिए । साथमा बसेकी महिला थिइन जोगबुडा घर भएकी मिनु बोहरा विष्ट डडेल्धुरा खिन्निकोट गाउँ माइती भएकी आफ्नोबहिनिको शनिवार बिहेमा पुग्नुपर्ने । उनलाई हतार थियो पटक पटक माइती बाट कता पुग्यो भन्दै फोन आई रहेका थिए ।
अर्का थिए सोही ठाउँ लम्साल घर भयका ललित मल्ल उनको पनि व्यथा उस्तै थियो शनिवार भाइको बिहे घर पुग्न हतार हतार थियो । तेस्रो व्यक्ति थिए डोटी कफल्लेकी तिछडा गाउका कर्ण मल्ल उनी ३ बर्ष मलेसियाको बसाइँ पछि घर फर्किदै थिए । उनकि जिवन संगिनि उनको बाटो कुर्दै थिईन् दुई साना छोराहरु बाबा कतिखेर पुग्ने भन्दै फोन गरिरहेका थिए । रात परेपछि चिसो बढ्दै गयो हातखुट्टा अत्यन्तै चिस्सिय थरथर काम्न थाले हिउमाथि उभियको करिब ९ घण्टा भई सकेको थियो । गाडी चालकहरू अगाडि बाटो सहज गराउँदै साइड माग्दै अगाडि बढिरहे करिब साढे ९ बजेतिर भातकाडा बजार पुग्यौँ सबै होटेलहरु बन्द भईसकेका थिए दिनभरि खाजा पनि खान नपायका कारण सबैलाई भोकले च्यापिरहेको थियो डडेलधुराको स्याउले बजार पनि बन्द भईसकेको थियो । हामी डोटितर झर्यौ रडुवामा डडेल्धुरा घर भयका यात्री झरे हामी करिब ११ बजे दिपायल ढुक्कसँग घर पुगियो । हामीले गाडी निकाले पनि धेरै गाडिहरूँ हगुल्टे लेकतिरै थिए । अघिल्लो राति बाटो खुले सँगै कयौँ यात्रुहरू होटेलमानै छोडि गाडिहरूँ राति निस्केका रहेछन् । बिच्लिमा परेका थिए कसै सँग सिमित गाडिभाडा मात्रै बोकेर आयका रहेछन् । कोही हिडेर स्याउले तथा गैरा बजार पुगे , कोही पुरानै गन्तव्यमा फर्किए ।
दिपक बहादुर खड्का
