एमसीसी विरुद्ध अखिल क्रान्तिकारी र वाइसियलले डोटीमा प्रदर्शन गरे

डोटी : अमेरिकी सहयोग परियोजना एमसीसीको विरोध स्वरूप डोटीमा प्रदर्शन भएको छ । अखिल क्रान्तिकारी र वाइसियलको संयुक्त आयोजनामा बुधवार डोटीमा प्रदर्शन भएको हो ।

सिलगढी बजारसहित जिल्ला प्रशासन कार्यालय डोटी अगाडि प्रदर्शन गरिएको अखिल क्रान्तिकारी डोटीका अध्यक्ष प्रकाश जोशीले बताए ।

Sayalb

बजार परिक्रमा गर्दै राष्ट्र घाती एमसीसी खारेज गर, विदेशी दलाल मुर्दावाद, राष्ट्र घाती एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, अमेरिकी साम्राज्यवाद  मुर्दावाद लगायतका नारा उनीहरूले लगाएका थिए ।

प्रदर्शन सहभागी सबैले टाउकोमा नो एमसीसी लेखिएको कालो पट्टि बादेका थिए ।

Shaileshwori
Loading...