५० रूसी सैनिक मारिएको युक्रेनको दाबी

287
Shaileshwori

युक्रेनको सेनाले पूर्वी युक्रेनमा बिहीबार ५० जना रूसी सैनिक मारिएको दाबी गरेको छ।

समाचार संस्था रोयटर्सका अनुसार पूर्वी सहर खार्किभनजिकै चार वटा रूसी सैनिक ट्यांक ध्वस्त पारिएको सेनाले उल्लेख गरेको छ। त्यस्तै रूसले स्वतन्त्र राज्यको मान्यता दिएको लुहान्स्कमा ५० रूसी सैनिक मारिएको युक्रेनी सेनाको दाबी छ। पूर्वी युक्रेनका अन्य क्षेत्रमा हेलिकप्टर सहित ६ वटा सैनिक जहाज खसालेको पनि युक्रेनी सेनाले दाबी गरेको छ।

रूसले भने आफ्ना जहाज र बख्तरबन्द गाडीमा क्षति भएको कुरा अस्वीकार गरेको छ।

युक्रेनको बोर्डर गार्ड सर्भिसले खेर्सोन क्षेत्रमा आफ्ना तीन सैनिक मारिएको र धेरै घाइते भएको जनाएको छ।

Sujang New
Leave A Reply

Your email address will not be published.