विपन्न बालबालिकाहरूलाई आर्थिक सहयोग

फागुन २२, डोटी 
बागेश्वरी असल शासन क्लब बास नेपालले डोटीमा चार जना असहाय तथा विपन्न बालबालिकालाई आर्थिक सहयोग गरेको छ । आमाबुवा नभएका परिवारको आर्थिक अवस्था कमजोर भएका पठनपाठनमा समस्यामा रहेका बालबालिकाहरूलाई नगद रकम हस्तान्तरण गरेको हो ।
सहयोग अन्तर्गत दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगाँउ बस्ने पद्मपब्लीक मुक्तिनारायण माध्यामीक विद्यालयमा कक्षा ९ मा अध्ययनरत आमा बुवा नभएका बाजे बज्यैको सहारामा बस्दै आएकी वर्ष १५ की जानकी नेपाली, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ कुन्जेडी घर भएका आमा बुवा नभएका बज्यै सँगै बस्दै आएका पद्मपब्लीक मुक्तिनारायण माध्यामीक विद्यालयमा कक्षा ९ मा अध्ययनरत वर्ष १३ का छत्र कुन्जेडा, दिपायल सिलगढी वडा नम्बर ६ मुलढोका बस्ने वर्ष १२ का आमा बुवा नभएका कक्षा १ मा अध्ययनरत पवन बिक र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ रातोली घर भएकी बुवा नभएको पद्मपब्लीक मुक्तिनारायण माध्यामीक विद्यालयमा कक्षा ८ मा अध्ययनरत वर्ष १५ की रेचल बिकलाई पठन पाठनमा सहयोग पुगोस् भन्ने हेतुलेसहयोग गरिएको हो ।
Sayalb
युनिसेफ नेपालको सहयोगमा बास नेपाल द्वारा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत  जोखिममा रहेका आमाबुवा नभएका बालबालिकाहरूलाई सहयोग गरेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए ।उनले भने बालबालिकाहरुको पढाईलेखाईमा केही राहत होस भन्ने हेतुते सहयोग गरेको र आगामी दिनमा जिल्लाका अन्य पालिकामा रहेका जोखिममा परेका बालबालिकाहरूलाई सहयोग गर्ने कार्यक्रम रहेको समेत बताए । सोमबार शिखर नगरपालिकाका दुई जना बालबालिकालाई थप सहयोग गर्ने कार्यक्रम रहेको समेत अधिकृत मौनीले बताए । बालबालिकाहरूलाई सहयोग रकम बाफत जनही पाँच हजारका दरले हस्तान्तरण गरिएको थियो ।
सहयोग हस्तान्तरण कार्यक्रममा पद्म पब्लिक मुक्तिनारायण माध्यामीक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिद्धराज जोशी , प्रधानाध्यापक केशव राज ओझा, जिल्ला प्रहरी कार्यालय डोटी महिला बालबालिका तथा जेष्ठनागरिक सेवा केन्द्रका प्रहरी सहायक निरीक्षक राम नाथ  बासका कर्मचारी स्थानीयहरूको पनि सहभागिता रहेको थियो ।
बास नेपालले युनिसेफको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण कार्यक्रम, र जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना संचालमा गरिरहेको छ ।
Shaileshwori
Loading...