११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस डोटीमा विभिन्न कार्यक्रम गरी मनाइयो 

डोटी : ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवस डोटीमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ । जिल्लाका स्थानीय तहहरूले आ–आफ्नो पालिकामा दिवस मनाएका हुन् ।
सामाजिक न्याय र लैङ्गिक समानता, दिगो विकासको सुनिश्चितता भन्ने मूल नाराका साथ दिपायल सिलगढी नगरपालिकाले टुँडिखेलमा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको छ । नगरपालिकाद्धारा दिवसको अवसरमा इन्द्रचोक देखी टुँडिखेलसम्म ¥यालि निकालिएको थियो ।
महिलाको क्षेत्रमा काम गर्ने विभिन्न सङ्घ तथा संस्थाले पनि ¥यालिमा एके बद्धता जनाएका थिए ।  कार्यक्रममा कपर्दी, म्युजिकल चियर, चम्चा दौड र घैँटो फुटाउने खेल खेलाइनुका साथै विभिन्न सांस्कृतिक नृत्य र जनचेतनामूलक नाटक पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा पूर्व संविधान सभा सदस्य गौरी वली, प्रमुख जिल्ला अधिकारी शङ्कर विष्ट, जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक शारदा प्रसाद चौधरी, एमाले जिल्ला अध्यक्ष चक्र मल्ल लगायत विभिन्न संस्थाहरूका प्रतिनिधि, नागरिक अगुवा, स्थानीय तथा  पत्रकारहरूको उल्लेखनीय सहभागिता थियो ।
यस्तै बडि केदार गाउँपालिकामा पनि नारा जुलुस सहित बजार परिक्रममा गरी दिवस मनाइएको छ । प्रगतिशील महिला कृषक समूहको आयोजनमा सँगालो कृषि सहकारी संस्था र अत्तर काँडा बजार व्यवस्थापन समितिको सहयोगमा दिवस मनाइएको हो । कार्यक्रममा सुदूरपश्चिमको पहिचान देउडा खेल सहित विविध कार्यक्रम गरीका थिए ।
Sayalb
यसैबिच ११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस प्रादेशिक सुशासन केन्द्र पुन्नाले एक कार्यक्रम गरेर मनाएको छ । सामाजिक न्याय र लैङ्गिक समानता : दिगो विकासको सुनिश्चितता भन्ने नाराका साथ कार्यक्रमको आयोजना गरिएको हो ।  संविधान ऐन कानुनमा भएको व्यवस्थाको प्रयोग हुन सकेमा महिलाको मुद्दाको व्यवहारिक रूपमा कार्यान्वयन हुने सुशासन केन्द्रका निर्देशक पदमराज जोशीले बताउनु भएको छ । तालिममा सहभागी र पुन्नामा कार्यरत कर्मचारी सहभागी भएर  अन्तरक्रियात्मक कार्यक्रम गरिएको सुशासन केन्द्रका विज्ञ रामसिंह ठगुन्नाले जानकारी दिनु भएको छ ।
Shaileshwori
Loading...