डोटी सांस्कृतिक महोत्सव २०७८ को उद्घाटन

Sayalb
तेजु ओली, डोटी
डोटी सांस्कृतिक महोत्सव २०७८ को समुद्घाटन भएको छ । योगदान राष्ट्रका लागि डोटीले “युग युग सम्म देखियोस् पल्टाउँदा इतिहासको पाना, डोटीको कला संस्कृतिको संरक्षण गर्ने हाम्रो चाहाना” भन्ने मूल नाराका साथ आयोजना गरेको कार्यक्रमको एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । महोत्सव चैत्र १२ गते सम्म सञ्चालन हुने भएको छ ।
विभिन्न अन्य व्यापारिक केन्द्रले आयोजना गर्दै आएको महोत्सव यस पाला भने संस्थाले पहिलो पटक महोत्सवको आयोजना गरेको हो । यस क्षेत्रका प्रमुख सांस्कृतिक, भेसभुसा, भाषा सांस्कृतिक झल्किने आकर्षकलाई थप प्रचारप्रसार गर्न महोत्सवले महत्त्वपूर्ण भूमिका खेल्ने कार्यक्रमका प्रमुख अतिथि तथा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले बताउनुभयो ।
महोत्सवको पानसमा बत्ती बालेर उद्घाटन गर्नु हुँदै नगरपालिका बाट सहयोग गर्ने बताउनुभयो । आज प्रमुख अतिथि को बाजागाजासहित स्वागत गरिएको थियो । मञ्चमा विभिन्न पाटी प्रतिनिधि, स्थानीय तहका प्रमुख, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
Shaileshwori
Loading...