उच्च अधिकारीमा सङ्क्रमणपछि मन्त्री नेम्बाङ होम क्वारेन्टाइनमा

काठमाडौँ, भदौ १९
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका उच्च अधिकारीमा कोरोना सँक्रमण देखिएको छ । मन्त्रालयका उच्च अधिकारीमा कोरोना सँक्रमण देखा परेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ होम क्वारेन्टाइनमा बसेका छन् । मन्त्री नेम्बाङ आजको मन्त्रिपरिषद बैठकमा सहभागी भएनन् ।

Sayalb

मन्त्रालयका उच्च अधिकारीमा गत बुधबार कोरोना पोजिटिभ देखिएको थियो । आज शुक्रबार मन्त्री नेम्बाङसहित मन्त्रालयका अधिकारी, सचिवालयका सदस्य, सुरक्षाकर्मी तथा कर्मचारीको पीसीआर टेष्टका लागि स्वाब सङ्कलन गरिएको मन्त्रीका सञ्चार विज्ञ सन्दिप राईले जानकारी दिएका छन् ।  सङ्क्रमित उच्च अधिकारी एक निजी अस्पतालमा उपचारत रहेका छन् ।

Shaileshwori
Loading...