
मोहन ठकुल्ला/डोटी
डोटीको पुर्विचौकी गाउपालिका वडा नम्बर २ मा रहेको नेत्रेश्वरी माध्यमिक विद्यालयलाई सहयोग गर्नेलाई सम्मान गरिएको छ । आज एक औपचारिक कार्यक्रम गरि विद्यालयलाई सहयोग गर्ने पुर्व शिक्षक, व्यवस्थापन समितिका अध्यक्ष, सामुदायिक विकास केन्द्र (सिडिसी) नेपाल तथा जग्गादातालाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक मिन राज ओझाले बताउनु भएको छ ।

उक्त कार्यक्रमका समाजसेवी भक्तराज जोशीले गत वर्ष विद्यालयमा पाँचलाख पचास हजारको अक्षयकोष स्थापना गर्नु भएका जोशीले आज सोहि कार्यक्रममा नगद पचास हजार विद्यालयलाई हस्तान्तरण गरिएको प्रधानाध्यापक ओझाले बताउनु भयो ।
साथै उक्त कार्यक्रममा सामाजिक विकृति विसंगति उन्मुलन गर्नु पर्छ भन्दै छाउपडि प्रथा, बालविवाह, छोराछोरी प्रतिको अभिभावकको भेदभाव, अन्य शैक्षिक प्रदर्शनी साँस्कृतिक झलक सहित कार्यक्रम गरिएको विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य त्रीलोक ठकुल्लाले जानकारी दिनुभयो ।
कार्यक्रममा अन्य वडाका जनप्रतिनिधि र स्थानियहरूको सहभागिता रहेको थियो ।
