बोगटान फुड्सिलको सात्फरीमा निमार्ण गरिएका योजनाको उद्घाटन 

बोगटान फुड्सिल गाउँपालिका वडा– ४ सात्फरीमा गाउँपालिकाबाट निमार्ण भएका योजनाको उद्घाटन गरिएको छ । सात्फरीको–जजलामा निमार्ण भएको सडक, बेतालेश्वर आधारभूत विद्यालयको पाँच कोठे भवन, र जजला मै निर्माण भएको सामुदायिक स्वास्थ्य इकाइको  गाउँपालिकाको अध्यक्ष कमलबहादुर गडसिलाले उद्घाटन गर्नु भएको वडा अध्यक्ष दिपबहादुर बमले  जानकारी दिनु भएको छ ।
जजला गाउँमा निर्माण भएका योजनामा उद्घाटन गर्दै अध्यक्ष गडसिलाले जनताका बिचमा गरेको प्रतिबद्धता पुरा गरेको बताएका छन् । अध्यक्ष गडसिलाले भने ‘यो गाउँ सडक पहुँचमा थिएन सडक पुग्यो, स्वास्थ्य इकाइ गाउँमै निर्माण गर्योँ, नानी बाबु पढ्नका लागी विद्यालयको भवन निमार्ण गयौँ, घर–घरमा स्वच्छ खानेपानी यस अघि नै पु¥याई सकेका छौँ ।’ यहाँ मात्रै होइन हामीले गाउँपालिका भरी नै यसरी विकास गरेको अध्यक्ष गडसिलाले बताए ।
Sayalb
गाउँमै सामुदायिक स्वास्थ्य इकाइ स्थापना भएपछि प्रसूति तथा अन्य सामान्य सेवा लिन पनि डेण्ढ घण्टाको पैदल हिँडेर स्वास्थ्य चौकी जानु पर्ने बाध्यता अन्त्य भए पछि स्थानीय खुसी भएका छन् । गाउँमै स्वास्थ्य इकाइ स्थापना भएपछि पूर्ण संस्थागत सुत्केरी हुनका  लागी पनि सहयोग पुग्ने वडा अध्यक्ष बमले बताए ।
Shaileshwori
Loading...