सिलगढीमा प्रथम वडा स्तरीय मेयर कप पुरुष फुटबल प्रतियोगिताको उद्घाटन

तेजु ओली, डोटी
एक वर्ष पुग्नै लाग्दा समेत समितिले पूर्णता नपाएको प्रदेश खेलकुद परिषदबाट र प्रदेश सरकारबाट खेलकुदलाई सौतेलो ब्यावहार गरेको जिल्ला खेलकुद समिति डोटीका अध्यक्ष नरेश मलासीले गुनासो गरेका छन्। पहिलो वडा स्तरीय मेयर कप पुरुष फुटबल प्रतियोगितामा बोल्दै मलासीले आफूले नियुक्ति बुझेको एक वर्ष पुग्न लाग्दै गर्दा समेत प्रदेश सरकारबाट आवश्यक बजेट तथा कार्यक्रम कुनै निर्देशन नआएको बताउनु भयो । समिति पनि पूर्ण नभएको बताउँदै अध्यक्ष तोके पछि बजेट तथा खेलकुदका कुनै गतिविधि सम्बन्धी क्रियाकलाप गर्न नसकेको बताउनुभयो ।
Sayalb
आज टुँडिखेलमा प्रथम वडा स्तरीय मेयर कप पुरुष फुटबल  प्रतियोगिताको उद्घाटन कार्यक्रममा उक्त कुरा बताउनु भएको थियो। त्यस्तै उद्घाटन कार्यक्रममाको औपचारिक उद्घाटन गर्दै नगर प्रमुख मञ्जु मलासीले विगतका तिन वर्ष कोरोना भाइरसको त्रासले खेल कुद सुस्ताएको बताउनुभयो। अहिले कोरोना भाइरस कम भए लगतै नगर पालिकाले खेलाडी र खेलका लागि बजेट विनियोजन गरेर विभिन्न प्रतियोगिता गरेको बताउनुभयो। दिपायल सिलगढी नगरपालिकाको आयोजना तथा आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा नगर पालिकाका पाँच वटा टिम सहभागी रहेका छन्।
प्रथम हुने टिमलाई नगद ५० हजार पुरस्कार, दृतियलाइ  ३० हजार, तृतीय लाई २५  हजार नगद सिल्ड मेडल टफी र प्रमाण पत्र प्राप्त गर्ने छन्। कार्यक्रममा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासी, विभिन्न वडा का वडा अध्यक्ष, कार्यालय प्रमुख  छत्र बहादुर शाह, शिक्षा शाखा प्रमुख सङ्कर सूचिकार, वडा अध्यक्षहरू राजनीतिक दलका नेता तथा कार्यकर्ता,गैरसरकारी संस्थाका प्रतिनिधि, स्थानीय दर्शकको सहभागिता रहेको थियो।
Shaileshwori
Loading...