कैलालीको एक बस्तीमा आगलागी, दर्जनौँ घर जलेर नष्ट

धनगढी  : आइतबार दिउँसो कैलालीको एक बस्तीमा भीषण आगलागी भएको छ । जिल्लाको  कैलारी गाउँपालिका–७ को रामपुरमा रहेको मुक्त  कमैया विपतपुर शिविरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शिविरमा ८० घर रहेका छन् ।
Sayalb
उक्त शिविरका दर्जन बढी घर जलेर नष्ट भएको सीमा प्रहरी चौकी रामपुरका असई जनक धानुकले बताए । आगलागीबाट भएको क्षतिबारे यकिन विवरण आउन समय लाग्ने बताउँदै शिविरका मान्छेहरू तितरबितर भएकाले मानवीय क्षतिबारे समेत यकिन जानकारी हुन नसकेको उनले बताए ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले खेतमा गहुँको नल बाल्न लगाइएको आगो हावाको माध्यमबाट शिविरमा लागेको बताए । आगलागी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीको टोली, कैलाली प्रहरी, स्थानीय र २ ओटा दमकलले प्रयास गरिरहेका छन् । हावाहुरीका कारण अझै आगो नियन्त्रणमा आईसकेको छैन । आगो नियन्त्रणमा आई नसकेकाले थप क्षति हुनसक्ने प्रहरीको भनाई छ ।
Shaileshwori
Loading...