मोबाइल, टीभीदेखि मोटरसाइकलसम्मका वस्तु आयातमा बन्देज

Sayalb

सरकारले १० वस्तुको आयातमा बन्देज लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर कुरकुरे, मदिरा, टिभी, मोबाइल, मोटरसाइकल‍लगायत १० वस्तुको आयातमा रोक लगाएको हो । विलासी उपभोग्य वस्तु असार मसान्तसम्म आयातमा बन्देज लगाइएको हो ।

आयात बन्देज लगाइएको वस्तुहरुमा कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादन, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य वस्तु ९कच्चा प्रदार्थबाहेक० छन् ।

त्यस्तै, हिरा ९औद्योगिक कच्चा प्रदार्थबाहेक०, मोबाइल सेट, रंगिन टेलिभिजन ९३२ इन्चभन्दा माथि०, जिप, कार र भ्यान, २५० सीसीभन्दा माथिल्लो क्षमताका मोटरसाइकल, सबै प्रकारका खेलौना र तास आयातमा बन्देज लगाइएको छ ।

राजपत्रअनुसार २०७९ वैशाख १३ गतेभन्दा अगाडि बुकिङ माध्यमबाट आयातको प्रक्रिया भएको हकमा यो व्यवस्था लागू हुँदैन । त्यस्तै, नेपालस्थित कूटनीतिक नियोगले आफ्नो प्रयोजनका लागि यी वस्तुहरु आयात गर्न सक्ने जनाइएको छ ।

हेर्नुहोस् राजपत्र

२०७९ साल असार मसान्तसम्म पैठारीमा पूर्ण बन्देज लगाएको सूचना

Shaileshwori
Loading...