
तेजु ओली, डोटी
बालबालिकामा आँखा सम्बन्धी समस्या देखा पर्नासाथ उपचार गरे धेरै खालका जोखिम कम गर्न सकिन्छ । तर जनचेतनाको अभाव, आर्थिक अभाव, उपचारमा हेलचेक्र्याइँ र सीमित विशेषज्ञ अस्पतालका कारण बालबालिकाहरू आँखाका विभिन्न रोग पालेर बस्न बाध्य छन् । आर्थिक अभावका कारण समयमै अस्पताल नपुर्याइनाले बालबालिका अन्धोपनको सिकार हुन बाध्य छन् । दुवै आँखा देख्न नसक्ने भएर पीडित बनेका आदर्श गाउँपालिका–६ गिरिचौकाका १४ वर्षीय पुरन अधिकारी रोग पहिचानै नगरी बसेका छन् । जन्मजात नै आँखा नदेख्ने भएका पुरन अधिकारी परिवारको बोझ बनेका छन्। रेडियो सुनेर गीत गाउन सक्ने उनी घरमै बाँधिनु परेको छ ।
उनी सँगैका उमेरका बालबालिका विद्यालय पढ्न जान्छन् तर उनलाई पनि पढ्ने इच्छा छ । आर्थिक अभावले आँखा नदेख्ने को पढाइ हुने विद्यालय जाने आर्थिक अभावले जान सकेका छैनन् । बालबालिकाको आँखाको साधारण जाँच सबैजसो अस्पतालमा हुने भए पनि शल्यक्रिया र जटिल खालका रोगका लागि अझै काठमाडौँ नै जानुपर्ने बाध्यता कायम रहेकाले परिवारले अस्पताल पुर्याउन नसकेको उनका बुवाको जैराम अधिकारीको भनाइ छ।

दुवै आँखा नदेख्ने हुँदा उनी अहिले जीवन मरणको दोसाँधमा बाँचिरहेका कारण उपचारका लागि सहयोग गरेर नयाँ जीवन दिलाई दिन अभिभावक ले अपिल गरेका छन्। जन्मिँदै आखादेख्न नसक्ने उनी सधैँ अन्धकार दिनसँग लडिरहेका छन्। उनी सँगै कान्छो भाइ समेत आँखा नदेख्ने भएपछि परिवारमा बिचल्ली भएको छ । उनलाई खाना खुवाउन, सरसफाइ गर्न लगायतका काममा आफूले समय बितिय गर्नु परेको आमा पशे अधिकारी ले बताइन । आफू छन्जेल त हेरचार गरुला भविष्य के होला भनेर चिन्ताले सताएको उनले भनिन ।
नेपालले आँखाको उपचारमा फड्को मारे पनि विशेषज्ञ अस्पताल भने सीमित स्थानमा मात्र छन् । यसर्थ अन्धोपना र आँखाका अन्य रोगको उपचार गरी बालबालिकालाई ज्योति दिन सरकारले प्रत्येक प्रदेशमा सुविधायुक्त आँखा उपचार केन्द्रको स्थापना गरी समयमै यस्ता रोगले बिरामीको उदार गर्नु जरुरी देखिन्छ।
