सुरक्षित मातृत्व सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सुरु

डोटी : बोगटान फुड्सिल गाउँपालिकामा सुरक्षित मातृत्व तथा नवजात स्वास्थ्य रोड म्याप सम्बन्धी ३ दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । स्वास्थ्यकर्मीहरुलाई गर्भवती जाँच, सुत्केरी र सुरक्षित मातृत्व तथा नवजात स्वास्थ्य सम्बन्धी जानकारी दिने उद्देश्यले अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको हो । सोमवार सुरु भएको अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाका १२ ओटै स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीको सहभागिता रहेको छ ।

कार्यक्रममा सुरक्षित मातृत्व कार्यक्रमलाई २०३० सम्मका लागि विभिन्न लक्ष्य राख्दै उक्त लक्ष्य हासिल गर्न गर्नु पर्ने नीति तथा कार्य र मातृ तथा नवजात शिशुको मृत्यु दर लाई घटाउन गर्नु पर्ने कार्यको बारेमा छलफल हुने भएको छ । साथै आधारभूत स्वास्थ्य केन्द्रहरूबाट गुणस्तरीय स्वास्थ्य सेवाहरू कसरी प्रदान गर्ने भन्ने बारेमा पनि छलफल गरिने छ ।

Sayalb

कार्यक्रमको सभापतिमा गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिला, प्रमुख अतिथिमा उपाध्यक्ष बिष्ना देवी बम र अतिथिमा प्रमुख प्रशासकीय अधिकृत भरत बहादुर चन्द रहेका छन् । कार्यक्रमको सञ्चालन गाउँपालिकाका सिनियर अ।हे।व शिशिर बोगटीले गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष गडसिलाले गाउँपालिकाकाले स्वास्थ्यलाई आगामी नीति तथा कार्यक्रममा पहिलो प्राथामिता राख्ने र स्वास्थ्यको क्षेत्रमा आफ्नो तहबाट सधैँ सहयोग रहने प्रतिबद्धता समेत जनाए ।

Shaileshwori
Loading...