सायलको छपालिमा १५ पेटी अवैध मदिरा बरामद सहित नष्ट  

प्रेम नेपाली, डोटी 
डोटीको सायल गाउँपालिका वडा नम्बर १ छपालिमा १५ पेटी (पुकार ओरेन्ज) अवैध मदिरा बरामद गरी नष्ट गरिएको छ ।  डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका वडा नम्बर १ का  २३ वर्षिय वसन्त देउवाले चलाई रहेको से १ ज ६७५ नम्बरको बोलेरोे जिप बाट उक्त मदिरा बरामद गरी नष्ट गरेको छपाली प्रहरी चौकीले बताएको छ ।
आदर्श गाउँपालिका वडा नम्बर २ कचेडाबाट सायलको छपाली तर्फ आइरहेको समयमा मदिरा निषेधित क्षेत्र छपाली वडा कार्यालय नजिकै उक्त मदिरा बरामद गरिएको छपाली प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक मान सिंह धामीले जानकारी दिनुभयो ।
Sayalb
यही असार ४ गते बरामद गरिएको मदिरा असार ७ गते वडा कार्यालयमा जनप्रतिनिधि, विभिन्न पार्टीका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार, सरोकारवाला निकाय तथा स्थानीय व्यक्तिहरूको रोहवरमा २५ हजार जरिवाना सहित नष्ट गरिएको चौकी इन्चार्ज धामीले बताउनु भयो ।
सायल गाउँपालिकामा २०७४ साल देखि नै मदिरा निषेधित पालिका घोषणा गरिएको छ । यदि पालिकाले गरेको निर्णय कसैले उल्लङ्घन गरेको खण्डमा मदिरा बिक्री वितरण गर्ने व्यक्तिलाई २५ हजार र सेवन व्यक्तिलाई ५ हजार जरिवाना तोकिएको छ ।
Shaileshwori
Loading...