मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीलाई अनेरास्ववियुको ज्ञापन 

डोटी : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन डोटीले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको विरोधमा प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । अनेरास्ववियु डोटीले बिहीबार डोटीका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठ मार्फत प्रधानमन्त्री सेर बहादुर देउवालाई पेट्रोलियम पदार्थ लगायत खाद्यान्नमा भएको मूल्य वृद्धिको विरोधमा ज्ञापन पत्र बुझाएको हो ।
“जनताको आवश्यक आधारभूत आवश्यकतासँग प्रत्यक्ष रूपमा गाँसिएका बस्तुहरूमा मूल्य वृद्धि गदै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केबल नाफा निकाल्ने उद्देश्य राखी पटक पटक मूल्य वृद्धि गर्ने कदम प्रति अनेरास्ववियु जिल्ला कमिटी डोटी गम्भीर खेद प्रकट गर्दछ अध्यक्ष वीर बहादुर विष्टद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा भनिएको छ । ”
Sayalb
साथै  पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिको कारण त्यससँग सम्बन्धित अन्य धेरै वस्तुको पनि मूल्य बढेका कारण जनता प्रभावित भएकाले तत्काल मूल्य वृद्धि फिर्ता लिन अनेरास्ववियु डोटीले सरकारसँग माग गरेको छ ।
Shaileshwori
Loading...