वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न

डोटी : नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । शुक्रवार सिलगढीमा इन्सेक सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको अर्धवार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको हो । इन्सेक आफ्नो ३१ औँ वर्ष पुस्तक २०२३ ल्याउने तयारीमा जुटेको बेला सिलगढीमा गोष्ठीको आयोजना गरिएको हो ।
गोष्ठीमा मानव अधिकार हनन सम्बन्धी चालु आर्थिक वर्षमा घटेका घटनाको बारेमा वर्ष नीति प्रतिनिधि गणेश जोशीले जानकारी गराएका थिए । उनका अनुसार डोटीमा ६ महिनाको अवधिमा २० ओटा मानव अधिकार हनन सम्बन्धीका घटना घटेका छन् । जसमा १२ ओटा घरेलु हिंसा, ८ ओटा बलात्कारका र एक बहु विवाह सम्बन्धीका घटना घटेका छन् । त्यस मध्ये ६ ओटा घरेलु हिंसा सम्बन्धीका घटनाको मेलमिलाप भएको र बाकी १४ ओटा घटना छानबिनको प्रक्रियामा रहेका छन् । डोटी जिल्लामा मानव अधिकार उलङ्घन सम्बन्धीका धेरै घटना घटेका भए पनि आफूहरूले जिल्ला प्रहरी कार्यालय डोटीमा दर्ता भएका घटनाहरूको मात्र रेकर्ड राख्ने गरेको उनले बताए ।
Sayalb
इन्सेकका अनुसार डोटी जिल्लामा स्वास्थ्य र शिक्षा क्षेत्रमा थुप्रै समस्या रहेका छन् । नागरिकले पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवा सहज रूपमा पाउन नसकेको र शैक्षिक सत्र सुरु भएको दुई महिना नाघी सक्दा पनि पुस्तक विद्यालयमा नपुग्नु विद्यार्थीको पढ्न पाउने अधिकारमा बाधा पुगेको इन्सेकले बताएको छ । कार्यक्रममा विभिन्न सरोकारवाला र पत्रकारको सहभागिता रहेको थियो ।
Shaileshwori
Loading...