पाँच कम्पनीका स्यानिटाइजर बिक्रि बितरणमा रोक, बिषाक्त रसायन भेटियो

Sayalb

काठमाडौँ, भदौ २८
मेथानोल नामक बिषाक्त रसायन प्रयोग गरिएको पाइएपछि बिभिन्न पाँचवटा कम्पनीले उत्पादन गरेका स्यानिटाइजर प्रयोगमा रोक लगाइएको छ । औषधि व्यवस्था विभागका अनुसार राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा काठमाडौंँका चार र भक्तपुरका एक गरी पाँचवटा उद्योगले उत्पादन गर्ने ह्यान्ड स्यानिटाइजरमा मेथानोल प्रयोग गरेको पाइएको हो ।
विभागका महानिर्देशक नारायण ढकालका अनुसार भक्तपुरस्थित नेपाल कायाकल्प उद्योगको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर, काठमाडौँंस्थित हाइजिन सोप एन्ड केमिकल प्रालिको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर ओरिजनल, आधार केमिकल्स एन्ड फुड इन्डस्ट्रीको एडभान्स ह्यान्ड स्यानिटाइजर, सर्च केम कम हर्बल प्रडक्टको इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रडक्टको सूर्यमुखी ह्यान्ड स्यानिटाइजरमा मेथानोल पाइएको हो ।

Shaileshwori
Loading...