Before Header
After Navigation

बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४५ करोडको बजेट

डोटी : बोगटान फुड्सिल गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि ४५ करोड एक लाख २४ हजार बराबरको बजेट ल्याएको छ । सोमवार गाउँपालिकाको ११ औँ गाउँ सभा तथा अधिवेशनमा चालू आर्थिक वर्ष २०७९/८० का लागि उक्त बजेट ल्याएको हो ।

अन्तर सरकारी सरकारी वित्त व्यवस्थापन ऐनको प्रावधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान स्थानीय तहले सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । जिल्लाका अन्य पालिकाले निर्धारित समयमै बजेट सार्वजनिक गरे पनि बोगटान फुड्सिल गाउँपालिकाले केही ढिलो गरी बजेट सार्वजनिक गरेको हो ।

 

Sagan sahari bhawan nirman aayojana

नीति तथा कार्यक्रममा गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । कृषिमा आत्मनिर्भर बन्न कृषिकहरुलाई अनुदान दिने, कृषकको साथमा कृषि प्राविधिक अभियानको सुरुवात गरिने, सिँचाइको प्रवर्द्धन गर्ने, उत्पादित वस्तुको बजारीकरण र भण्डारीकरणमा सहयोग गर्ने, गाउँपालिका भित्र रहेका धार्मिक तथा पर्यटकीय स्थलको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनमा जोड दिने, एक घर एक करेसाबारी कार्यक्रमको सुरुवात गर्ने गाउँपालिकाका अध्यक्ष कमल बहादुर गडसिलाले बताए ।

साथै गरिब विपन्न परिवारका विद्यार्थीलाई छनोट मार्फत निःशुल्क उच्च शिक्षा अध्ययनको कार्यक्रमलाई निरन्तरता दिने, खेल मैदान निर्माण भएका वडामा खेलमैदानको स्तरबृद्धी र निर्माण हुन बाकी वडामा खेलमैदानको निर्माण गरिने, पालिका भरिका तिन विद्यालयलाई तिन तारे विद्यालय घोषण गरिने, गाउँपालिकामा एक जना एमबिबिएस डक्टरको व्यवस्थालाई निरन्तरता दिने, स्वास्थ्य बिमा कार्यक्रमलाई कार्यान्वयन गर्ने, एक घर एक खानेपानी धाराको नीति अवलम्बन गर्ने लगायतका कार्यक्रममा गाउँपालिकाले नीति तथा कार्यक्रममा राखेको छ ।

Shaileshwori
Loading...