डोटीमा एक महिलाको शव फेला

सिलगढी : डोटीमा एक महिलाको शव फेला परेको छ । जिल्लाको शिखर नगरपालिका वडा नम्बर १० बानेडुङ्ग्रिसैन स्थित सेती नदि किनारमा अन्दाजी ३२/३६ वर्षिया महिलाको शव फेला परेको हो ।

Sayalb

शुक्रबार बिहान साढे १० वजेको समयमा उक्त शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

शवको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक यक्षराज जोशीले जानकारी दिए ।

Shaileshwori
Loading...