डोटी : बाेगटान फुड्सिल गाउँपालिकामा आयकाे हावा हुरीका कारण थुप्रै निजी घरहरू तथा सार्वजनिक संरचनामा क्षति पुगेको छ ।
शुक्रबार साझ आएको हावाहुरीका कारण धेरै क्षति भएको बाेगटान फुड्सिल गाउँपालिका ७ का वडा अध्यक्ष चन्द्रमान सुनारले जानकारी दिए । चवराचौतारामा रहेका थुप्रै निजी तथा सार्वजनिक संरचनामा क्षति पुगेको उनले बताए । विभिन्न ठाउँमा रुख तारमा खस्दा र पोल ढलेका कारण वडा नम्बर सातमा रहेको स्थानिय विद्युत अवरुद्ध हुन पुगेको वडा अध्यक्ष सुनारले जानकारी दिए । वडा नम्बर ७ उमुडिका ४ घर चर्केर जोखिमा रहेको बताउदै धेरै ठाउँको क्षतिको विवरण प्राप्त नभइसकेको वडा अध्यक्ष सुनारले जानकारी दिए ।
हावाले दर्जनौं घरका छाना उढाएको र चवरा चौतारा बजार क्षेत्रमा जडान गरिएका सौर्य बत्ती समेत उढाएको स्थानिय उपेन्द्र धामीले बताए । सार्वजनिक स्थानमा रहेका पिपल समेत भाँचिएका छन् । चवराचौतारामा रहेको पिपल हाँगाहरु भाँचिनुका साथै रुखको फेद समेत चर्केको स्थानियले बताएका छन् । उक्त पिपल वरपर घरभएकाले जोखिम बढेको महेन्द्र बोहराले बताए ।
हावाहुरीले पिपलको रुख भाँचिदा चनुकाँडा आधारभूत विद्यालयको संरचनामा क्षेति पुगेको छ । भान्सा कोठा, ४ वटा सौचालय र ३ कोठे विद्यालय भवनमा क्षति पुगेको स्थानीय सेर बहादुर बमले बताए । ग्लोबल आईएमई बैंकका सोलार पातामा समेत क्षति पुगेको जानकारी प्राप्त भएको छ ।
वडा नम्बर ६ गगुडामा पनि दुई घरको छाना उढाएको बताएको छ ।