Before Header
After Navigation

बैतडीमा खोज र खोप अभियानलाई प्राथमिकता दिइने

साउन ९, बैतडी
बैतडीको दशरथनन्द नगरपालिकामा कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरूलाई खोप लगाउन खोज र खोपको अभियानलाई तीव्रता दिन सरोकारवाला निकायले प्रतिबद्धता जनाएका छन् ।  युनिसेफ नेपालको सहयोग दशरथनन्द नगरपालिकाको समन्वयमा बास नेपालले सोमबार जिल्ला सदरमुकाम बैतडीमा आयोजना गरेको कोभिड १९ पूर्ण खोप युक्त पालिका घोषणाका विषयमा पालिका स्तरीय समन्वय बैठकका सहभागीहरूले खोप अभियानलाई खोज अभियानको रूपमा अगाडी बढाउनु पर्ने कुरामा जोड दिएका हुन् ।
कोभिड १९ विरुद्धको खोप विभिन्न मात्राका डोज लगाउन छुटेका हरूलाई नजिकको खोप केन्द्रमा गएर खोप लगाउन दशरथनन्द नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशीले आग्रह गरेका छन् । उनले भने कोभिड १९ विरुद्धको खोप लगाउन कुनै नागरिक छुट्दैनन्, नगरपालिकाले आवश्यक खोपको व्यवस्थापन गर्छ छुटेका सबै नागरिकले आफ्नो नजिकको खोप केन्द्रमा गएर खोप लगाउनु पर्‍यो ।
नगरपालिका भित्र खोप लगाउन छुटेकाहरूको तथ्याङ्क सङ्कलनमा बास नेपालले खोजको अभियानलाई सहयोग गर्नुपर्ने, खोप लगाउन छुटेकाहरूलाई नगरपालिकाले खोप लगाउने बताउँदै बास नेपालले सञ्चालन गर्ने सम्पूर्ण कार्यक्रमलाई साझेदारीका रूपमा सहयोग गर्ने समेत नगर प्रमुख जोशीले बताए ।
कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरूले अनिवार्य रूपमा खोप लगाउन आवश्यक रहेको बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनले भने  कोभिड १९ विरुद्धको सबैभन्दा भरपर्दो माध्यम भनेको खोप हो त्यसैले आम नागरिकले खोप लगाउन आवश्यक छ । पालिकाहरूले पनि आफ्नो पालिकाभित्र बसोबास गर्ने आम नागरिकलाई खोप लगाउन विभिन्न कार्यक्रमहरू सच्ाांलन गर्नुपर्ने समेत प्रजिअ पन्थीले बताए ।
Sagan sahari bhawan nirman aayojana
कोभिड सङ्क्रमणको जोखिमबाट बच्न सबै सचेत हुन आवश्यक रहेको बताउँदै बैतडीका सीमा नाका र भिडभाड हुने क्षेत्रमा कोभिड सङ्क्रमणको सुरक्षा सतर्कता बढाइने समेत प्रजिअ पन्थीले बताए ।  बैतडी जिल्लाका विभिन्न पालिकाहरू बाट खोप लगाउनु छुटेका व्यक्तिहरूको तथ्याङ्क सहित खोपको माग भई आएमा प्रदेश सरकारसँग समन्वय गरेर खोपको व्यवस्थापन गर्ने स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेन्द्र प्रसाद भट्टले बताए ।
बास नेपालले बैतडीको दशरथनन्द नगरपालिकामा स्वयंमसेवकहरु मार्फत कोभिडको क्षेत्रमा विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बास नेपालका कार्यक्रम अधिकृत गणेश मौनीले बताए ।
बास नेपालले दशरथनन्द नगरपालिकाका केही वडाहरूमा कोभिड १९ विरुद्धको खोप लगाउन छुटेकाहरू तथ्याङ्क लिइसकेको र अन्य वडाहरूमा पनि छुटेकाहरूको तथ्याङ्क लिन बासका स्वयंमसेवकहरु परिचालन गरी नगरपालिकालाई जानकारी गराइने समेत अधिकृत मौनीले बताए । कार्यक्रममा सहभागी अधिकांश व्यक्तिहरूले बैतडीमा कोभिड खोप लगाउन नमान्नुको कारण के हो पत्ता लगाई सोही अनुरूपमा कार्यक्रमहरू अगाडी बढाउन सके थप प्रभावकारी हुने समेत सुझाव दिएका थिए ।
दशरथनन्द नगरपालिकाका नगर प्रमुखको अध्यक्षतामा सञ्चालन भएको बैठकमा बैतडीका प्रमुख जिल्ला अधिकारी, सशस्त्र प्रहरी बलका प्रमुख, हनुमान ध्वज गुल्मका प्रमुख, स्वास्थ्य कार्यालय बैतडीका प्रमुख नगरपालिका अन्तर्गतका सम्पूर्ण शाखा प्रमुख, बासका स्वयंसेवक, कर्मचारीहरूको समेत सहभागिता रहेको थियो । बास नेपालले युनिसेफको सहयोगमा सुदूरपश्चिम र कर्णाली प्रदेशमा बाल संरक्षण, जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता र लैगिंक हिंसा न्यूनीकरण परियोजना सञ्चालन गरिरहेको छ ।
Shaileshwori
Loading...