
कैलाली : धनगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । किलेयर भिजन नेपालद्वारा आयोजनामा खप्तड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट धनगढी कैलालीको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा खप्तड कलेज अफ इन्जिनियरिङका विद्यार्थीहरूले ३० पिन्ट रगत दान गरेको किलेयर भिजन नेपालका सदस्य राहुल बोहराले बताए ।

सङ्कलित रगत नेपाल रेडक्रस सोसाइटी शाखा कैलालीलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको पनि उनले बताए । किलेयर भिजन नेपाल संस्थाले विगत देखि नै सामाजिक क्षेत्रमा महत्त्वपूर्ण सहयोग गर्दै आएको छ ।
