नगर हलिया नेटवर्कलाई फर्निचर सहयोग

नारद नेपाली, डोटी
दिपायल सिलगढी नगरपालिकाको मुक्त हलिया नगर सञ्जाललाई फर्निचर र स्टेसनरी सामाग्री सहयोग गरिएको छ । एक्सन एड नेपालको आर्थिक सहयोगमा सम विकास केन्द्र नेपाल डोटीद्वारा सञ्चालित नेपालमा कृषिमा आधारित बँधुवा श्रमको अन्त्य परियोजना अन्तरगत सञ्जाल फर्निचर र स्टेसनरी सामाग्री सहयोग गरिएको हो ।

नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै नगर स्तरीय हलिया नेटवर्ककालाई एक थान टेबुल, २ थान स्ट्यान्ड फ्यान, २० पिस कुर्सी प्लास्टिक, १० मिटर कार्पेट लगायत करिब ४५ हजार रुपैयाँ बारावरका कार्यालय व्यवस्थापनका सामग्री हस्तान्तरण गरिएको हो । सामाग्री नगर सञ्जालका अध्यक्ष देव बहादुर विकले बुझेका छन् । हलिया समुदायका समस्याको पहिचान तथा समाधान गर्न, लेखा जोखा राख्न, हलियालाई एकीकृत गर्न सञ्जाललाई सहयोग होस् भन्ने उदेस्यले फर्निचर र स्टेसनरी सामाग्रीहरू सहयोग गरेको संस्थाका अध्यक्ष अधिराज बिसीले बताए ।

Sayalb

साथै सोही कार्यक्रम अन्तर्गत मुक्त हलिया परिवारका बालबालिकाहरूलाई छात्रवृत्ति प्रदान गरिएको छ । नगरपालिकाका ६८ जना छात्र छात्रालाई प्रति व्यक्ति १ दर्जन कापी,१ दर्जन कलम, १ थान झोला, १ जोर पोसाक र १ पिस औजार बक्स उपलब्ध गराइएको छ । पढ्न तथा लेख्नको लागि चाहिने यी कुराहरूको अभाबले स्कुल छोड्नु पर्ने बाध्यता नहोस् भन्ने उदस्यले बालबालिकाका अभिभावकलाई हस्तान्तरण गरेको कार्यक्रम संयोजक शङ्कर विकले बताए

Shaileshwori
Loading...