
सिलगढी : डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जना बालकको ज्यान गएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका वडा नम्बर ७ चवरा चौतारा चनुकांडाको फुलेढुङ्गामा ट्याक्टर दुर्घटना हुँदा चनुकांडाका राम बहादुर भुलका १७ वर्षीय छोरा जीवन भुलको मृत्यु भएको हो ।

चनुकाँडा प्रहरी कार्यालय चवरा चौताराका वरिष्ठ हवलदार लक्षि नाथका अनुसार सुप प्र ०१००२ त ४७७६ को ट्याक्टर दुर्घटना हुँदा ट्याक्टरमा सवार उनको मृत्यु भएको हो । बुधवार साँझ ६ बजेतिर खत्याडी माद्यामीक विद्यालयको लागि टुँडागाडबाट बालुवा लिएर खत्याडी जाँदै गरेको बेला ट्याक्टर दुर्घटनामा परेको नाथले बताए ।
अहिले ट्याक्टर चालक प्रेम चौधरी प्रहरीको नियन्त्रणमा छन् । ट्याक्टर सडकबाट करिब १० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न सकेको छैन ।
